पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? इमाडोलमा उद्योगमन्त्रीले यसरी गरे उदघाटन (भिडियोसहित)

Loading...
काठमाडौं ५ कार्तिक ।  आजदेखि ललितपुरको इमाडोलमा प्राकृतिक ग्यास (मिथेन) उत्पादन सुरु भएको छ। खानी तथा भूगर्भ विभागले निर्माण गरेको ग्यास प्लान्टको उद्योग मन्त्री नविन्द्रराज जोशीले औपचारिक रुपमा उद्घाटन गरेसँगै उक्त स्थानमा उत्पादन सुरु भएको हो।
capture
ग्यास उत्पादनको औपचारिक सुरुवात गर्दै मन्त्री जोशीले यो नेपाली सीप, प्रविधिको उच्चतम प्रयोगबाट सम्भव भएको बताए। उत्साहजनक सुरुवात भएकोले प्राकृतिक ग्यासको क्षेत्रमा निकै सम्भावना देखाएको बताए।

जोशीले भने,‘यो हाम्रो सुरुवात हो यसले सम्भावनाको ढोका खोलेको छ।’
भूगर्भ विभागले थापाथली इन्जिनियरिङसँगको सहकार्यमा बनाएको यो प्लान्टमा जमिन मुनिबाट ड्रील गरेर पाइपमा पानी सँगै ग्यास पनि आउँछ। एकातिर पानी पठाएर अर्कोतिर ग्यास भण्डारण गर्ने गरिन्छ।
खानी तथा भूगर्भ विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार यो प्लान्टमा ३ सय ९० मिटर जमिन मुनी ड्रिल गरिएको छ। पानी/ग्यासको अनुपात १: १५ रहेको छ। जुन थोरै भएको उनले बताए।
यसरी बल्छ ग्यास
जमिन मुनीबाट पम्पको मद्दतबाट पानी आउँछ जहाँ ग्यास पनि आउँछ । जुन पानी र ग्यासलाई अलग गर्न बनाइएको च्याम्बरमा पुग्छ।
जुन च्याम्बरबाट पानी एकातिर ग्यास अर्कोतिर हुन्छ। जहाँ ग्यास पाइपबाट भण्डारण गर्ने ठाउँमा जान्छ नियन्त्रण गर्न मिल्ने उक्त भण्डारणबाट मिटर राखेर वितरण गरिन्छ।
capture
अहिले उक्त क्षेत्रमा तीनवटा घरधुरीमा वितरण गरिएको उक्त भण्डारणमो अवलोकन गरिसकेपछि मन्त्री जोशीले यसले नेपाल प्राकृतिक ग्यास उत्पादन गरेर निकै अगाडि बढ्न सक्ने संकेत मिलेको प्रतिक्रिया दिए।
तर व्यवसायिक उत्पादन भने सम्भव छैन।
उक्त अयोजनामा सक्रिय प्राविधिकहरुका अनुुसार यो एउटा परीक्षण प्लान्टमात्र भएकोले यसबाट व्यवसायिक उत्पादन सम्भव भने छैन। व्यवसायिक उत्पादनको लागि जमिनुमुनीको ग्यास रिजरभायर कति छ भनेर अध्ययन गर्नुपर्ने जुन प्रविधि,लगानी र जनशक्तीको हिसाबले सम्भव नभएको बताउँछन् अयोजना प्रमुख श्रेष्ठ।
सन् १९७८ मा जाइकासँगको सहकार्यमा सुरु भएको ग्यास आयोजनाले उपत्यकामा १४ स्थानमा ड्रिल गरेर प्राकृतिक ग्यास भएको पत्ता लगाएको थियो। उक्त स्थानलाई तीन ब्लकमा विभाजन गरेको विभागले इमाडोललाई सी ब्लकमा राखेको छ जसको क्षेत्र ८ किलोमिटर रहेको छ।
व्यवसायिक उत्पादन सम्भव नभएपनि ग्यासको परीक्षण भने सहज भएको र सरकारले तदारुकता देखाए व्यवसायिक उत्पादन पनि सम्भव हुने अधिकारीहरुले बताएका छन्। मन्त्री जोशीले भने यही आर्थिक वर्षमा अर्को स्थानमा ड्रिल गरेर ग्यास उत्पादन थालिने र व्यवसायिक उत्पादनको लागि पनि अध्ययन प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए।
न्युज साभार सेतो पाटि  बाट
Share on Google Plus

About Admin

0 comments:

Post a Comment