Loading...
![]() |
जहिले
पनि पुरुषले लगाउने सर्टको टाँक दाहिने र महिलाले लगाउने सर्टको टाँक
देब्रपटि लगाइएको हुन्छ । तर के तपाइलाई थाहा छ यस्तो किन हुन्छ रु यसको
पछाडी कुनै दैनिक क्रियाकलापसंग जोडिएको कारण हो वा शारीरिक वनावट मुख्य
कारण हो ? आउनुस हामी यसबारे केहि जानकारी दिन्छौं ।
१. भनिन्छ
पहिला पुरुषहरु आफ्नो कपडा आफैँ लगाउँथे तर महिलाहरुको कपडा अरुले
लगाइदिन्थे । पहिला मानिसहरु अधिकांश दाहिने हातले काम गर्थे । दाहिने
हातले काम गर्दा महिलाहरुले कपडा लागाउने समय अगाडी बसेर टाँक लगाउन
अप्ठेरो नहोस भनेर महिलाको कपडाको टाँक देब्रे लगाइन्थ्यो ।
२. पुरुषलाई
टाँक खोल्न देब्रे हातको मद्धत चाहिन्थ्यो त्यसैले दाहिनेतिर टाँक हाल्ने
गरिन्थ्यो । तर महिलाको हकमा भने यो उल्टो हुन्छ । त्यसैले महिलाको
देब्रेपटि टाँक लगाइन्छ ।
३.
पहिला महिला र पुरुषको कपडामा धेरै अन्तर थियो । तर अहिले दुवैको कपडामा
धेरै समानता आएको छ । कपडाको डिजाइनमा केहि अन्तर बनाउन पनि टाँक देब्रे
राखिएको हो ।
४.
इतिहाससंग जोडिएको केहि तथ्य अनुसार नेपोलियन बोनापार्टले महिलाको कपडामा
देब्रे टाँक लगाउन आदेश दिएका थिए ।बिभिन्न अनलाइनहरुको सहयोगमा

0 comments:
Post a Comment