Loading...
![]() |
संसदमा महाअभियोग दर्ता भएकै दिन एक महिना विदेश भ्रमणपछि स्वदेश फर्किएका अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रस्ताव निष्फल पार्न निरन्तर सक्रिय छन्। महाअभियोग विफल बनाउन कार्कीले मध्यरातसम्म प्रमुख राजनीतिक दलका नेताहरु, विभिन्न शक्ति केन्द्रहरुसँग टेलिफोन वार्ता गरेको कार्की निकट स्रोतले जानकारी दियो। कार्कीले स्वदेश फर्किएकै राति प्रधामन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गरेको स्रोतले जनायो।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच बिहीवार बिहान भएको भेटवार्ता पनि अख्तियार प्रमुख कार्कीका विरुद्ध सदनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलका लागि थियो। सो छलफलमा प्रस्ताव दर्ता र यसका अरु अर्थपूर्ण आयामबारे दुई नेताहरुबीच कुराकानी भएको बताइन्छ। सोही भेटघाट पछि आज बस्ने भनेको संसदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।
को को छन् लोकमानको बचाउमा
लोकमानको बचाउमा संसदको चौथो दल राप्रपा नेपाल देखिएको छ। बिहिबार राप्रपा नेपालले एक विज्ञप्ति नै निकालेर लोकमानको विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेको छ।
लोकमान बचाउमा कांग्रेस सांसद अमे्रश सिंहदेखि पूर्वराजा ज्ञानेन्द्रसम्म लागेका छन्।
लोकमान निकट एक स्रोतका अनुसार लोकमान र अम्रेशका बीचमा बुधबार राति कुपण्डोलमा गोप्य भेटवार्ता भएको थियो। लोकमानले पूर्व राजादेखि हिन्दु धर्मका बाबासम्मलाई पद जोगाउन सहयोगको याचना गरेका छन्। रवीशंखर, पाइलट बाबा र कालीबासँग लोकमान टेलिफोन सम्पर्कमा रहेको स्रोतको दाबी छ।
महाअभियोगमा दलभित्र मतविभाजन
बुधबार कार्कीविरुद्ध ल्याइएको महाअभियोगमा हस्ताक्षर गरेकी माओवादी सांसद रुपा महर्जनले एउटा प्रयोजनका लागि उठाइएको हस्ताक्षेर कार्की विरुद्ध प्रयोग भएको भन्दै फेसबुक पोष्टमार्फत असन्तुष्टि सार्वजनिक गरेकी छन्। फेसबुकमा उनले लेखेकि छिन्–‘यस्तो महाअभियोगको प्रस्तावमा मेरो असहमति....मेरो हस्ताक्षेरको दुरुपयोग...हस्ताक्षर दुरुपयोग गर्नेलाई तत्काल कारबाही होस मेरो माग...’
प्रधानमन्त्री दाहाल निकट माओवादी केन्द्रीय कार्यलयका एक सदस्य तथा पूर्व मन्त्रीले समेत लोकमानविरुद्ध कुनै छलफल नभइकन महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए। उनले माओवादीभित्र महाअभियोग सम्बन्धी एकमत नभएको छनक दिंदै भने–‘संसदमा एक तिहाई सांसद भएको कांग्रेसको निर्णयपछि मात्र हामीले यस विषयमा आफ्नो धारणा बनाउँछौं। यो कुनै हचुवामा गर्ने निर्णय हुनसक्दैन।’ अन्य माओवादी नेताहरु महाअभियोग बारेमा बोल्न चाँहदैनन्।
यता कांग्रेसका युवा नेताहरुले भने कार्की जस्तो मरेको सिनो बोकेर हिंड्न नहुने प्रतिक्रिया दिन थालेका छन्। स्वास्थ्यमन्त्री गगन थापा, युवा नेताहरु रामहरि खतिवडा, प्रदीप पौडेल र धनराज गुरुङ लगायतले कार्कीलाई बर्खास्त गर्न महाअभियोगको प्रस्तावमा कांग्रेसले मतदान गर्नुपर्ने बताएका छन्।
व्यवस्थापिका, कार्यपालिका र न्यायापालिका सबैलाई अटेर गर्ने कार्कीलाई हटाउन तेरो र मेरो नभनी सबै एक हुनुपर्ने सांसद खतिवडाले नेपालखबरसँगको कुराकानीमा बताए। उनले भने, ‘सर्वोच्च अदालतले बोलाएको बेला मनोमोहन अधिकारी, गिरिजाबाबु र प्रचण्ड समेत अदालत जानुभएको हो, कार्कीले त राज्यका कुनै पनि निकायभन्दा आफूलाई ठूलो ठाने।’
कांग्रेसभित्र युवा नेताहरुको मतसँग धेरै नेताहरुको असहमत रहेको बताइएको छ। संसदको सबैभन्दा ठूलो दल काँग्रेसले महाअभियोगको पक्षमा सर्मथन नगर्ने हो भने एमाले र माओवादीसहितका साना दलहरुको सांसद संख्या दुई तिहाई मतका लागि पर्याप्त हुँदैन।
कस्ता छन् अभियोग?
संसदमा दर्ता एक पृष्ठको महाभियोगपत्रमा प्रमुख आयुक्त कार्कीमाथि सातवटा आरोप लगाएको छ। जो यस प्रकार छन्।
१. नेपालको संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको
२. नेपालको संविधान विपरीत केही चिकित्सकहरुलाई कारवाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनाधिकृत निर्देशन दिएको
३. आफ्ना नातेदारको लगानी रहेको किस्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीका लागि सिट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनाधिकृत रुपमा निर्देशन दिएको
४. काठमाडौँ विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनाधिकृत रुपमा हस्तक्षेप गरेको
५. अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनप्रतिकुल कामकारवाही गरेको
६. आफूसँग असहमत व्यक्तिहरुमाथि प्रतिशोधपूर्ण रुपमा बिनाकारण कारवाही चलाएको
७. सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएको

0 comments:
Post a Comment