Loading...
![]() |
काठमाडौं, ६ कात्तिक - ललितपुरको बालकुमारीमा प्राकृतिक ग्यासप्लान्टको सफल परीक्षण गरिएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले शुक्रबार प्लान्टको उद्घाटन गरे । ३५ लाख लगानीमा ग्यासकुवा एवं १५ लाख लगानीमा मोबाइल ग्यासप्लान्ट तयार गरिएको हो।
खानी तथा भू–गर्भ विभागले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस तथा नास्टको समन्वयमा नेपालमै पहिलोपटक ग्यासप्लान्ट तयार पारिएको हो । प्लान्टबाट अहिले तीनओटा पाइपको माध्यमबाट चुलो बाल्न सकिने छ।
३५० मिटर गहिरो कुवाबाट पम्पले तानेर पानीसँगै आउने ग्यास सेपेरेसन च्याम्बरमा छुट्याइन्छ । पछि उक्त ग्यास मोबाइलप्लान्टमार्फत् वितरण गर्न सकिने विभागले जनाएको छ । उक्त कुवाबाट १५ भाग पानीसँग १ भाग ग्यास आउने विभागले जनाएको छ । पहिलाको परीक्षणमा ग्यासको मात्रा बढी देखिएपनि अहिले भने ग्यासको मात्रामा कमी आएको विभागले जनाएको छ।
जापान सहयोग नियोग ९जाइका० को सहयोगमा खानी तथा भू–गर्भ विभागले सन् १९७८ मा काठमाडौंको जमिनमुनि प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । उक्त अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यासभन्डार रहेको पाइएको थियो।
पछिल्लो समय ग्यास उत्खनन् परियोजनाको काम रोकिएपनि तीन वर्ष अगाडिबाट ड्रिलिङ सुरु भएर एक वर्षअगाडि सकिएको थियो । विभागले अहिले व्यवसायिकरुपमा ग्यास उत्पादन गर्ने कुनै योजना नरहेको जनाएको छ।

0 comments:
Post a Comment