२५ लाख रुपैयाँसहित १६ जुवाडे नक्सालस्थित ओम होटलबाट पक्राउ

Loading...

काठमाडौँ, ९ कात्तिक : काठमाडौं प्रहरीले, राजधानीको नक्सालस्थित अरुण अग्रवालको ओम गणपति होटलमा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार, सोमबारराती छापा मारेर दुई जना महिलासहित १६ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकोमा, राजकुमार अधिकारी, ओम श्रेष्ठ, जितेन्द्र गजुरेल, कुमार तामाङ,कृष्ण बस्नेत, बाबुराम लामा, दीपक राइ, भाइ महर्जन, राज तामाङ, फूर्वा तामाङ, अजय लामा, दिनेश शाही, बिरु तामाङ,दीपक लामा, कमलासिंह ठकुरी, पूर्णिमा थापा लगायत रहेका छन्। संगठित रुपमा नै जुवा खेल्ने गरेको सूचना आएपछि प्रहरीले छापा मारेको हो। चाडबाडका नाममा जुवा खेले उनीहरुलाई तिहारभरी नै हिरासतमा राखिने काठमाडौं प्रहरी प्रमुख थापाले बताए।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment