यसरी हुँदैछ अष्ट्रेलियामा डिपेन्डेण्टको बिजोग, बढे डिभोर्सका घटना

Loading...

रोशन लम्साल, सिड्नी/अष्ट्रेलिया, १० कार्तिक ।

अष्ट्रेलिया बसाईको ५ बर्षमा गएको शुक्रबार साँझ स्टारबारमा मैले मेरै एकजना आफन्तलाई भेंटे । बियर पिउँदै गरेका दाजुलाई चिन्न त म बच्चा देखि चिन्थे तर भेट नभएको ठ्याक्कै ८ बर्ष भएको थियो । सानैमा अष्टेलिया छन् भन्ने सुनेकाले म आफंै पहिलोेपटक सिड्नी एयरपोर्टमा आउँदा मेरा आफन्तहरु सम्झन खोजे । लाग्छ, दास्रो व्यक्तिको रुपमा म उहाँलाई नै सम्झेको थिएँ । यद्यपी म अष्ट्रेलिया पसेका यी ५ बर्षमा शुक्रबारको भेट नै हाम्रो पहिलो थियो ।

हाम्रो भेटको समय र उमेर अन्तरले पनि होला उहाँ शुरुमा म सँग खासै खुल्न चाहनु भएन । मैले सामान्य अभिवादनपछि जिज्ञासा राखे । ८ बर्ष नेपाल नफर्कनुको कारण, बैवाहिक अवस्था र घर सम्पत्ति । सुरुमा त उहाँले निक्कै सामान्य भाषामा ठिकै छ मात्रै भन्नुभयो । सायद म अझै बढी जिज्ञासु जस्तै देखिए । अनि उहाँले मेरै बारेमा गरेका केही प्रश्नको उत्तर दिएपछि भने बिस्तारै खुल्न थाल्नुभयो । सायद अलि बढी नै पिउनुभएको थियो । बोल्न थालेपछि धारा प्रवाह बोली रहनुभयो मैले अर्को प्रश्नै सोध्न नसक्ने गरी ।

उहाँको भनाई यस्तो थियो
:

 सन २००७ मा नेपालबाट विद्यार्थी भिषामा अष्टे«लिया आउने बाढी नै चल्यो । सुने राम्रो काम र दाम पाईन्छ । अझै एक्लैभन्दा डिपेन्डेण्टमा जानेले राम्रो गर्न सक्छ । यहि कारण हामी नेपालमा राम्रै मानिएको सरकारी जागिर छाडेर अष्ट्रेलिया आयौं । शुरुको एक बर्ष अष्टेलियामा कामका कारण निक्कै दुख पायौं । आएको ३ महिनापछि मात्रै सामान्य काम पाईयो सब वे मा किचेन हेल्परको काम थियो । दैनिक ११ घण्टाको काम ९० डलर पाईने ठिकै थियो । अरुले त्यही काम पनि नपाएका बेला मलाई मेरो काममा कुनै गुनासो थिएन । समयसँग काम र कमाईपनि फराकिलो बन्दै गयो हामी आफ्नो काम र कमाईबाट खुसी पनि थियौं । यही बीचमा २ छोरीपनि जन्मिए उनीहरु बिस्तारै हुर्कदै थिए ।

तर हामी दुईको सम्बन्ध बिस्तारै बिग्रन थाल्यो । खै के भने उनका साथीले वा उनले के सोचिन मलाई जहिल्यै आफूले डिपेन्डेण्ट नदिएको भए अष्ट्रेलियाको भिषा नै नमिल्ने भन्दै निक्कै तल्ला शब्दको प्रयोग गर्ने रुखो स्वभाव नियमित झै बन्यो । व्यवहार पनि उस्तै । अनि जहिल्यै आफ्ना कलेजका र काम गर्ने ठाँउका साथीहरु भएका बेला पनि निक्कै तुच्छ भाषाको प्रयोग गरेपछि मलाई पनि बिस्तारै रिस उठ्न थाल्यो । एकदिन अति भएपछि ्मैले आफ्नो रिस रोक्न सकिन र उनी माथि हात उठाए ।उनले प्रहरीमा उजुरी गरिन । त्यसपछि मैले यहाँको कानुन अनुसारको सजाय पनि पुरा गरे । तर पनि आफ्नै श्रीमतीका कारण जिवनभर यसबाट उम्किन नसक्न खाडलमा फसे । उनले यति भन्दैगर्दा ४ गिलास बियर सकिसकेका थिए ।

झण्डै १५ मिनेट धाराप्रवाह सुनेको म यसपछि बल्ल उनको समस्याको नजिक पुगे । त्यही झगडाका कारण उनी अहिले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।डिपेन्डेण्ट भिषामा आएका उनको सम्बन्ध बिच्छेदपछि भिषा सकिने भएपछि उनले एक इण्डियनको रेष्टुरेण्टमा २ बर्षसम्म हप्ताको ३ सय पाउने गरि बस्ने निधो गरे । तर श्रीमतीले भने अष्टे«लियाकै पिआर लिईसकेकी छन् । तर पनि यहाँको कानुनअनुसार उनले दुई छोरीको पालनपोषणको जिम्मा लिनुपर्छ ।जसका लागि उनले काम गरे बापत पाउने पारिश्रमिक सिधै तिनै छोरीको नाममा जाँदा अहिले उनलाई आफ्नो दैनिकी टार्न समेत समस्या छ  ।

 अष्ट्रेलियामा डिपेन्डेण्ट भिषाका कारण समस्यामा परेका उनीमात्रै होइनन् । पछिल्लो दिन सम्बन्ध नै संकटमा परेको सुनाउनेहरु धेरै छन् ।सिड्नीको हर्सभिलमा बस्ने अमिर अष्टे«लिया आएको ५ बर्ष भयो । खासै धेरै नपढेका अमिर पुतलीसडकको एक कन्सल्टेन्सी मार्फत सेटिंग मिलाई डिपेन्डेण्ट भिषामा यहाँ आएका हुन् । काठमाण्डौंको नेवार समुदायकी युवतीको डिपेण्डेण्टमा आएका अमिरलाई अष्ट्रेलियाको भिषा लाग्दा निक्कै हर्ष थियो । तर अहिले त्यही डिपेण्डेण्ट भिषा साप्रा माथिको पिडुँलो बनेको छ ।

सिटीको एक होटलमा कुकको काम गर्ने अमिर हप्ताकै ७ सय डलर कमाउँछन । तर पनि उनको दैनिकी मात्रै धान्न पनि धौधौ छ । शुरुमा डिपेन्डेण्ट दिएकी महिलाका कारण भिषामा समस्या आउँछ की भनेर बाध्यताले युवतीका माग पुरा गराउन उद्दत अमिर अब चाहेर पनि उनका माग सम्बोधन गर्न नसक्ने अवस्थामा छन् । नेपालमा आमा बुवा श्रीमती र एक छोराको पालनपोषणको जिम्मेवारी बोकेका अमिर आएको ५ बर्षमा मुस्किलले ७ लाख नेपाल पठाए ।

सुरुमा त दैनिक झण्डै १९ घण्टा काम गरेका उनी तिनै युवतीको रेखदेख र पढाईखर्चका कारण अझै कंगाल छन् । अहिले तिनै युवतीको माया जालमा फँसेका अमिर अहिले हप्ताको चार दिन काम गर्छन । अरु दिन उनी मोजमस्ती गर्छन् । पब पोकरको लत लागेका उनी तिनै युवतीका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेको गुनासो गरेका छन् । पढाईमा खर्च हुन्जेल प्रेमको नाटक गरेकी ऊ पढाईसकेपछि सम्र्पक बिहीन छिन् ।उनले भने, यही कारण घरपरिवारसँग २ बर्षदेखि पुरै सम्र्पक बिहिन छु अब कुन नाकले घर जाने अन्योलमा छु ।

समस्या धेरै छन् । रकडेलको रशन स्ट्रिटमा बस्ने चितवनका सुबोध मैनालीको समस्या पनि यस्तै छ । चितवनको सम्पन्न परिवारमा जन्मिएका सुबोधले अष्ट्रेलिया जाने बिचार गरे ।१२ कक्षा भर्खरै पास गरेका सुबोधको प्राप्तांक पनि राम्रै थियो तर आईएलटिएसमा राम्रो अंक ल्याउन नसकेपछि उनले तत्काल अष्ट्रेलिया जाने योजना रद्द गरे र कमलादीको किष्ट कलेजमा बिबिएसमा भर्ना भए । तर बिबिएस भर्ना भएपनि उनको मन पटक्कै पढाईमा थिएन । बरु कक्षामै आईएलटिएसमा ६ ल्याउने छात्रासँगको सम्बन्ध बढाएर अष्टेलिया पुग्ने जुक्ति रचे । पढाईमा पटक्कै मन बसाल्न नसकेका सुबोधले सिर्फ अष्ट्रेलियाको भिषाकै लागि धादिङको गल्छीकी एक युवतीलाई बिहे समेत गरे । बिहेपछि उनकै डिपेन्डेण्टमा अष्ट्रेलिया पुगेका मैनालीको अहिले न रातमा निन्द्रा छ, न दिनको खाना नै ।

१७ लाख ऋण गरेर अष्ट्रेलिया पुगेका उनी श्रीमतीकै कारण तनावमा छन् । पारामाटाको मलेशियन किचेनमा काम गर्ने उनी आफू दैनिक १७ घण्टा जोतिन्छन् तर श्रीमतीले भने कामै गर्न नमानेपछि यस्तो तनावमा परेका हुन् ।केही बोले सिधै एउटै जवाफ हुन्छ, डिर्भोस । बोलौं भिषा जान्छ कि भन्ने डर नबोलौं अब अति भईसक्यो भावुक मुद्रामा गुनासो पोखे । बिहान सबेरैै कलेज हिंडेकी उनी राती १० बजेपछि मात्रै अरुको लिफ्ट लिएर फर्किन्छिन् । लामो सास फेर्दै थपे, सुन्छु नेपालमै पढ्दा उनको केटा साथीसँग हिमचिम बढेको थियो रे । सोच्दैछु यहि कारण अब म सायद सधैंका लागि नेपाल फर्कन्छु होला उनले भने ।

यी प्रतिनिधि घटना मात्रै हुन् । अहिले अष्ट्रेलियामा डिपेन्डेण्ट भिषामा जाने जो कोही केटा मान्छेहरु कुनै न कुनै रुपमा समस्यामा पर्नेहरु धेरै छन् । जसरी हुन्छ वा जोसंग जस्तो नाता बनाएर हुन्छ अष्ट्रेलियाको भिषा लिने नेपाली युवा मानसिकताले मात्रै होईन । अष्टे«लियामा यौन र यौनजन्य बिषयमा खुकुलोपन, हरेक व्यक्तिको गोपनियताको अधिकार र कामको व्यस्तताका कारण आफ्नो परिवारलाई दिने न्युन समयका कारण यस्ता समस्याहरु आउने गरेको जानकारहरु बताउँछन् ।

एनआरएन आईसिसि युथका सदस्य बिजय पोखरेल सानै उमेरमा वा परिपक्क नभई हुने विवाहका कारण यस्तो समस्या निम्तिने गरेको बताउँछन् । लाखौं लगानी गरेर पठाउने अभिभावकले आफ्ना छोराछोरीका क्रियाकलाप बारे ध्यान नदिंदा समस्या आएको पोखरेल थपे ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment