बेलायती युवतीहरुको सेक्स बारे अनौठो खुलासा

Loading...
विकशित, शिक्षित तथा अत्याधुनिक समाज रहेको ठानिने बेलायतका महिलाहरुको यौन व्यवहार भने निकै अज्ञानी पाराको रहेको पाइएको छ । हालै बेलायती महिलाहरुमा गरिएको एक सर्भेक्षणबाट बेलायती युवतीहरुले प्रयोग गर्ने गर्भनिरोधक सामानहरु के-के सम्म हुँदा रहेछन् भन्ने कुरा खुलेको छ । बायर हेल्थकेयरले१५ सय बेलायती महिलामा गरेको सर्भेक्षणबाट प्राप्त नतिजा निकै डरलाग्दो र अचम्म लाग्दो छ ।

२५ देखि ३४ वर्ष उमेर समूहका बेलायी महिलामा गरिएको सर्भेक्षण अनुसार अझैपनि कतिपय बेलायती महिलाहरुले सम्भोगका बेला गर्भनिरोधक सामानका रुपमा स्याण्डविच राख्ने झोला, पञ्जा तथा पातलो प्लास्टिक समेत प्रयोग गर्ने गरेका छन् ।
साथै १० प्रतिशत बेलायती युवतीहरु रजस्वला भएको भएको बेला सम्भोग गर्दा कुनै हालतमा गर्भ नरहने ठान्छन् । साथै १७ प्रतिशतले भने गर्भनिरोधको रुपमा लिंग बाहिर निकाल्ने विधि नै प्रयोगमा ल्याउने गरेका छन् । त्यस्तै ३० प्रतिशतले पिल्सको प्रयोग गर्ने गरेका छन् ।
सर्भेक्षणमा सहभागी मध्ये ५८ प्रतिशतले मात्र आफुलाई डाक्टरले गर्भनिरोधक सामग्रीको बारेमा विस्तृतमा बताउने गरेको बताए । अर्को रोचक कुरा त के भने एक तिहाइलाई जिउभित्र हर्मोन राखिने -नरप्लान्ट) जस्ता हर्मोनल औषधिको बारेमा थाहै छैन भने २७ प्रतिशतलाई सुइ लगाएर गर्भ रोकिन्न भन्ने जानकारी नै छैन ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment