Loading...
![]() |
कावुल (अफगानिस्तान), असोज - अफगानिस्तानमा हिंसा मच्चाइरहेको गुल्बुद्धीन हेक्मत्यार नेतृत्वको हेजवी इश्लामीलाई युद्धको बाटोबाट बिहीबार पुनः शान्तिपुर्ण राजनितिमा फिर्ता गरिएको छ।
अफ्गानिस्तानको धेरै लडाकू भएका मध्ये दोस्रो ठूलो सो समूहलाई शान्ति सम्झौता गराउनुलाई अफ्गानी राष्ट्रपति असरफ घानीको ठूलो सफलताको संकेतका रुपमा लिइएको छ । उहाँले तालिवानीहरुलाई शान्ति प्रक्रियामा फर्काउन लामो समयदेखि धेरै प्रयास गर्नु भएको थियो ।
"उच्च शान्ति परिषद्, अफ्गान सरकारको नेतृत्व र हेजवी इश्लामीका वीचमा वार्ता सुरु भएको झण्डै दुई वर्षपछि यो शान्ति सम्झौता भएको छ", - शान्ति परिषद्का उपप्रमुख हविव सोरवीले हस्ताक्षर समारोहमा भन्नुभयो।

हेक्मत्यारलाई अफ्गानिस्तानमा कावुलको कसाईको रुपमा चिन्ने गरिन्छ । उहाँले पाकिस्तानमा लुकेर अफगानिस्तानमा युद्ध गरेको धेरैको विश्वास छ । अहिलेको शान्ति सम्झौताले अफगाानिस्तानका प्रथम उपराष्ट्रपति जनरल अब्दुल्ला रसिद दोस्टम झै हेक्मत्यारलाई पनि मुलधारको राजनीतिमा स्थापित गर्ने बाटो बनाएको छ । तर यसलाई मानवअधिकारवादी समूहहरुले भने पछ्याई रहने देखिन्छ।
एएफपीलाई प्राप्त शान्ति सम्झौताको प्रारम्भिक मस्यौदामा हेक्मत्यार र उहाँको समुहका सवैलाई विगतका सवै राजनीतिक तथा युद्ध गल्तीलाई माफी दिने उल्लेख छ । हेक्मत्यारलाई अमेरिकाले विश्वव्यापी आतङ्ककारी र संयुक्त राष्ट्रसङ्घले कालोसूचीमा राखेका थिए।
यसैविच, कावुलमा रहेको राष्ट्रसङ्घीय मिसनले शान्ति सम्झौताको स्वागत गरेको छ। मिसनले निकालेको विज्ञप्तीमा सम्झौतापछि अफ्गानिस्तानमा शान्ति स्थापना हुने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गरिएको छ । रासस/एएफपी

0 comments:
Post a Comment