यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारलाई ९ करोड ३८ क्षतिपूर्ती

Loading...
काठमाडौँ, ७ असोज - यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ। यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएको हो।

दूतावासमा मृतक एक सय ६० जनाका परिवारले क्षतिपूर्तिका लागि दाबी गरी निवेदन दिएको थियो । बाँकीका लागि पहल जारी छ।   दूतावासका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार पीडित परिवारलाई ब्लड मनी (दिया रकम) र बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराएको हो।

क्षतिपूर्ति परराष्ट्र मन्त्रालय पठाइसकेको छ । पीडितले तोकिएको क्षतिपूर्ति परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने व्यवस्था गरी पठाएको छ, उनले भने, क्षतिपूर्ति रकम लिन काठमाडौं आइराख्नु पर्दैन।   


क्षतिपूर्ति पाउनेहरूमा लमजुङका बजेन्द्रप्रसाद गुरुङ ५१ लाख ६० हजार रुपैयाँ (एक लाख ७६ हजार ६६६ दिराम), चितवनका सोमराज महतोले ५८ लाख ४२ हजार रुपैयाँ (२ लाख दिराम), गोरखाका विमल न्यौपानेले ८७ लाख ६३ हजार रुपैयाँ (३ लाख दिराम), रूपन्देहीका अकबर अली खानले २९ लाख २१ हजार रुपैयाँ (एक लाख दिराम), गुल्मीका नीलबहादुर कामीले ४३ लाख ८१ हजार रुपैयाँ (एक लाख ५० हजार दिराम), तनहुँका यमबहादुर आलेले २१ लख ९० हजार रुपैयाँ (७५ हजार दिराम) रहेका छन्।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment