Loading...
![]() |
गर्भावस्थाको मातृत्व फोटोसूट भन्ने कुरा केवल मानिहरुको मात्र हो भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ ।
बेलायतमा एउटा गर्भवती कुकुरले पनि आफ्नो गर्भे पेटको प्रदर्शन गर्दै आफ्नो पतिदेव सहित गज्जबको फोटोसेसन गर्ने मौका पाएको छ ।
च्यानल नामक उक्त गर्भवती कुकुर गोल्डेन रिट्राइभर जातको हो । उसको गर्भ छिप्पिएको छ र जुनसुकै बेला छाउरा छाउरीको जन्म हुन सक्छ । यहीँ सुअवसरलाई समात्दै उक्त कुकुरका मालिक केनेडी सोरेन्सेनले च्यानल र उसको हुनेवाला छाउराहरुको पिता ली रोयको फोटोसूट गरेका छन् ।
नाइन डेज अन्टिल पप्पिज लेखिएको ट्याग सहित च्यानल र ली रोयले युगल पोज दिएका तस्वीरहरु निकै भाइरल बनिरहेका छन् ।
गर्भवती कुकुर र उसको लोग्ने सहितको तस्वीर टि्वटरमा पोष्ट गरिएसँगै ती फोटोहरुमा हजारौँ लाइक तथा रिटि्वट गरिएका छन् ।




0 comments:
Post a Comment