Loading...
![]() |
फेसबुकले सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक क्रियाकलाप गर्नेको अकाउन्ट प्रतिबन्धित गरिदिन्छ । तर एकजना फेसबुक प्रयोगकर्ताले भने मेसेन्जरमा बिरालोको फोटो पठाउँदा नै फेसबुकमा प्रतिबन्ध बेहोर्नुपरेको छ ।
भारतका प्रविधि ब्लगर फेसबुक प्रयोगकर्ता वरुण कृस्नन्ले फेसबुक मेसेन्जरमा एकजना साथीलाई टाई लगाएको सुन्दर बिरालोको फोटो पठाएपछि फेसबुकले उनको अकाउन्ट निस्क्रिय पारिदिएको हो ।
वरुणका अनुसार उनलाई उक्त बिरालोको फोटो ह्वाट्सएपमा कसैले पठाएको रहेछ । उनले उक्त फोटो आफ्नो फेसबुक मेसेन्जरबाट कुनै साथीलाई पठाएछन् । तर जब उनले उक्त बिरालोको फोटो मेसेन्जरबाट पठाए फेसबुकले उनको अकाउन्ट नै निस्क्रिय गरिदियो ।
बिरालोको फोटो पठाउँदा फेसबुकले अकाउन्ट निस्तक्रिय पारिदिएको कुरा उनले स्क्रिनसट सहित टि्वटरमार्फत खुलासा गरे । जुन खबर निकै भाइरल बन्यो ।
तर पछि फेसबुकले भुलबस अकाउन्ट प्रतिबन्धित गरिएकोमा माफी माग्दै वरुणको फेसबुक अकाउन्ट फुकुवा गरेको छ ।


0 comments:
Post a Comment