मधुसूदन ओझा, उपाध्यक्ष प्रवासी मजदुर संगठन(MTU) । दक्षिण कोरियामा प्रवासी मजदुरको अवस्था एक दमै नाजुक र दयानीय छ विशेष त कृषि क्षेत्रमा काम गर्ने प्रवासि मजदुर ले नरकिय जीवन यापन गरिराखेको अवस्था छ ।
फेन्थेकको एक साग टिप्ने खेतमा काम गर्ने दिनेश गौतमलाई उनको रोजगार दाताले दिनको ४घण्टा मात्रै काम दिने,बस्ने ठाउँ बाट निष्कासन गरेर बाहिर बाट आएर काम गर भन्ने र कम्पनी फेर्ने भए ५०लाख वन दिनु पर्ने साथै बेला बेलामा गैरकानुनी बनाई दिने भनी डर त्रास देखाउने जस्तो अमानवीय व्यबहार गर्ने गरेको छ।कम्बोडिया बाट आउनु भएकी एक जना महिला को अवस्था पनि कम दयनीय छैन उहाँ को रोजगार दाताले लामो समय सम्म काम गराएर पैसा थोरै दिने, गालिगलौच गर्ने, आफ्नो पारिक्षार्मिक माग्न खोज्यो भने अभद्र शब्द हरु प्रयोग गर्दछ । उहाँ आफ्नो दुखलाई यसरी बयान गर्नुहुन्छ । म आफ्नो गरिबी का कारण आफ्नो आर्थिक स्थरमा केही सुधार होला कि भन्ने सोचेर कोरिया आएको र कोरिया मा त कम्तिमा श्रमिक माथी न्याय होला कि भन्ने सोचेको तर कोरिया आएपछी थाहा पाए कि यो इपियस पद्धति मा प्रवासी मजदुर लाई ल्याएर दास बनाउदो रहेछ। यसैले यो पद्धति मा सुधार भै ड्ब्लुपियस लागुहुनु पर्ने मा जोड दिनु हुन्छ उहाँ । इलाम घर भइ १५ महिना अघि कोरिया आउनु भएकी एक जना नेपाली महिला को अवस्था पनि कम दयानिय छैन यश पुर्व सुवन को एक खिम्ची बनाउने कम्पनी मा काम गर्दै आउनु भएकी उहाँ अहिले प्रवासी मजदुर संगठन मा आवद्ध हुनुहुन्छ ।
आफ्नो भोगाई भन्नू पुर्व उहाँ आफुले भोगेको नर्किय जीवन बाट छुटकारा दिलाउनु भएको मा एमटियु अध्यक्ष उदय राई र प्रवासी मजदुर संगठन लाई धन्यवाद दिन्छु भन्नू हुन्छ । उहाँ ले कार्य गर्ने कार्य स्थल मा उहाँ को आफ्नो शाररिक कारण ले कार्य गर्न असमर्थ हुदा र डाक्टरले समेत लगातार रोजगारदाता ले तोकेको कार्य गर्दा हेल्थको लागि नराम्रो हुने भनेपछी आएर साहुलाई भन्दा उल्टो अभद्र बेवहार गर्न खोज्ने अभद्र शब्द प्रयोग गर्ने गर्दथ्यो कति पल्ट त हात पात पनि गर्न खोजियो उहाँ माथि यस्तै रोजगार दाता ले दिने तनाव ले गर्दा कति पल्ट त अब मत यस्तै भयो भनेबाच्दैन होला दाई भनेर भन्नू हुन्थ्यो उहाँ हैन बहिनी त्यस्तो सोच मनमा ल्याउनु हुदैन सबै ठिक हुन्छ भनी सम्झाई बुझाई बल्ल तल्ल उहाँ लाई होप दिइन्थ्यो के इपियस मा सुधार भई ड्ब्लुपियस लागु भई दिएको भए उहाँले यति दुख खेप्नु पर्थ्यो त ? अवस्य पनि पर्दैनथ्यो होला यस्ता अमानवीय कार्य को लागि हामीले साहुलाई भन्दा पद्धति दोसि हो भनेर बुझ्नु जरुरी छ । ४महिना अघि कोरिया आएर साग टिप्ने कार्यस्थल थेजन मा कार्यरत सबराज साही र गुरुङ को अवस्था यस्तो छ ।
उहालाई रोजगार दाता ले काम गर्न नसकेको बहाना मा बस्ने ठाउँ को बिजुली- बत्ती ,ईन्टरनेट को लाईन काटी दिएको र हुदा हुदा तिमीहरु चामल पनि धेरै खानुहुन्छ भनी कुट पिट गर्ने गरेको छ । सिबिटी परिक्षा दिएर पुन कोरिया आउनु भएका खोटाङ का यादव राई को अवस्था पनि कम दयानिय थिएन इन्छन को एक फलाम को तार काट्ने कम्पनी मा लगातार भारी उठाई राख्नु पर्ने र उहाँ को ढाड को समस्या ले गर्दा सोकार्य लगातार गर्न नसक्ने स्थिति मा हुदा हुदै पनी साहुले ठगेको भनेर दिन को २घण्टा मात्र काम दिने सबै काट पिट गरेर ४० हजार वन तलव थापेर बस्न बिबस हुन भयो उहाँ अन्तत: प्रवासी मजदुर संगठन को दवाव ले कार्यस्थल परिवर्तन गर्न त सफल हुनुभयो तर प्रसन्न एउटै कि हामी ले आखिर कहिलेसम्म हामी दवेर बस्ने होत । श्रीलंका बाट आएका जयन्त तिलक को भोगाई यस्तो छ । उहाँ लाई ल्याएको रोजगार दाता कम्पनी ले अर्कै ठाउँ मा काम मा लिएर जाने मलाई काम मा गाह्रो भयो भनेर भन्दा मैले तलाई ल्याउदा ४०लाख कोरियन खर्च भएको सो रकम जम्मा गर अनि जान दिन्छु भन्दो रहेछ। त्यस्तै अवस्था बाट गुज्रिराख्नु भएको छ नेपाल बाट आउनुभएका अर्जुन उहाँ को रोजगार दाता ले त प्रवासी मजदुर लाई ल्याएर कम्पनी चेन्ज गराए बाफत प्रती ब्यक्ति ५०लाख वन लिने गोरख धन्दा नै खोलेको रहेछ ।
त्यस्को लागि उस्ले आफ्नो कम्पनी मा भएका प्रत्येक मेसिन लाई परिवारका फरक फरक मान्छेको नाम मा फरक फरक कम्पनी नाम राखेर दर्ता गराएको रहेछ ताकी ज्यादा भन्दा ज्यादा प्रवासी मजदुर ल्याउन पाईयोस भन्ने हेतुले । प्रवासी मजदुर लाई ल्याएर काम कम दिने त्यै माथी सबै चिज को काट्पिट गरेर ७-८ लाख कोरियन वन बच्दो रहेछ । पैसा कम भयो लेटर दे अर्को कम्पनी जान्छु भन्दा ५०लाख वन माग्ने के ड्ब्लुपियस लागू भएर हामिले आफू खुशी कम्पनी फेर्न पाउने नियम भैदिएको भए यस्तो अवस्था बाट हामी गुज्रिनु पर्थ्यो त? एक जना नेपाल बाट आउनु भएका नेपाली साथी ले कार्य गर्ने खिम्फो स्थित कम्पनी ४जना नेपाली २ जना भियतनामी मजदुर कार्यरत छ्न ।
1 बर्ष पहिले सो कम्पनी मा ६ जना नेपाली कार्यरत हुनुहुन्थ्यो २ जना लाई साहुले ३ बर्ष पुगे पछि भिषा न थपेर ईलिगल हुन बाध्य गराई दिएकोरहेछ जस मध्ये एक जना नेपाल गै सक्नु भयो भने एक जना गैरकानुनी भएर बस्न बाध्य हुनुहुन्छ। यसरी भिसा नथप्ने कम्पनी मा आन्सङ मा २जना नेपाली महिला कार्यरत कम्पनी पनि हो उहाँहरु को कम्पनी मा काम गाह्रो भयो म नाईट गर्न सक्दैन डेडे मात्र गर्छु भन्दा ३ बर्ष बसेर नेपाल जा अर्को कम्पनी पठाउदैन भन्छ । के डब्लुपियस लागू भएको भए यसो गर्न पाउथ्यो त? उत्पादन क्षेत्र मा आएका दार्चुला का दिपक महरा लाई त झन साहुले जवर्जस्ति नोङ्जाङ(कृषि ) मा लगेर काम गराउदो रहेछ। यस्तै एक ठाउँ मा ल्याएर अर्कै ठाउमा लगेर काम गराउने कार्य प्राय कोरिया मा सर्व ब्याप्त नै छ। यो कार्य उत्पादन मुलक को हक मा गरैकानुनी भएपनी कुनै कुनै ले न जानेर र कतिपय ले त जानी जानी पनि साहुले देखाउने त्रास ले गर्दा चुपलागेर बस्छौ।यसरी एक ठाउमा ल्याएर अर्को ठाउमा काम गराई राखेको पाएका कयौ जना अध्यागमन को छापामा परेर फर्किन बाध्य भएका पनि छ्न ।
साथै हिम्मत देखाउने धेरै साथी हरु एमटियु मा आबद्ध भएर त्यस्ता ठाउँ हरु बाट उन्मुक्ति पाएका पनि छ्न। माथी उल्लेख गरिका भोगाई हरु कुनै काल्पनिक होइनन यी र यश भन्दा अझ झन कठोर यातना हरु भोग्न बिवस छौ हामी प्रवासी मजदुर हरु कोरिया मा र अहिले कोरिया मा प्रवासी मजदुर को अवस्था आधुनिक युग को दास भन्दा पनि माहादास को जस्तो छ भन्दा फरक पर्दैन ।यसको लागि हामी ले साहु दोषी भन्नू भन्दा पनि इपियस पद्धति दोषि भएको र यसका लागि एकजुट हुनुपर्छ भनी बुझ्नु जरुरी छ । यदि हामी अझै पनि एकजुट भएर आफ्नो हक अधिकार प्राप्ती को लागि एमटियुमा आवद्ध भैइ कोरियन सरकार लाई दवाव नदिने हो भने हाम्रो अवस्था दास बाट माहादास को हुने निश्चित नै छ ।
0 comments:
Post a Comment