टेलिकमद्वारा ७५ वटै जिल्लामा वाइम्याक्स सेवा विस्तार

Loading...

काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स -WiMAX–Worldwide Interoperability for Microwave Access) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।
मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्यक्स (WiMAX) सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गते देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेको हो
नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि उपभोक्तालाई वाइम्याक्स सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याएको थियो ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment