आज मिति २०७३ साल कार्तिक १४ गते औँशी तिथी, तदनुसार ३० अक्टोबर सन् २०१६। तिहारको तेस्रो दिन अर्थात धनधान्यकी देवी लक्ष्मीको पुजा आराजना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ गरिएको छ।
आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु आऊ लक्ष्मी आऊ हाम्रै घरमा आऊ, दुखनीको दुख हटाऊ, पुकार गर्छु विष्णु तिम्रो हजुर बोलिदेऊ, दर्शन गर्न बैकुण्ठको ढोका खोलिदेऊ, सूर्य नारायण सूर्य नारायण, नाच कृष्ण राधासँग हामी गाउँला, तिमी बजाउ मुरली हामी नाचौँला, जय दुर्गा माता, जय दुर्गा माता, प्राणी सवको रक्षा गर्ने जय दुर्गा माता, जय गणेश जय गणेश जय गणेश देव, माता तिम्री पार्वती सिता महादेव, लङ्काको विनास गरी, रावणको घमण्ड तोडी फर्कि आउने हनुमान, रामलाई बनिवास भरतलाई रजाइँ, हे लक्ष्मी माता दर्शन दिउन अब त, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासु देवाय।
0 comments:
Post a Comment