एजेन्सी- पाकिस्तान सँगको जारी भीडन्त र चीनले समेत घेराबन्दी पार्ने संकेत देखेपछि भारत अत्तालिएर ठूलो मात्रामा लठाकू विमानको व्यवस्था गर्ने सोंचमा पुगेको छ ।
भारत र पाकिस्तानको सिमानामा बढ्दै गएको तनाव र चीन सँग हालको दिनमा बढ्दै गएको मनमोटावलाई मध्यनजर गर्दै २०० लडाकु विमान खरीद गर्ने तैयारीमा भारत लागेको छ । त्यसो त भारत सरकारले उक्त विमानहरु भारतमै बनेको हुनुपर्ने पनि बताएको छ ।
भारतीय एयर फोर्सको सूत्रलाई उल्लेख गर्दैै आजतकले लेखेको छ- भारतीइ सुरक्षाबलले आफूलाइ आधुनिकीकरण तथा लडाकु क्षमतामा बृधि गर्न सरकार समक्ष प्रस्ताव पेश गर्ने तैयारीमा लागेको छ र ती अत्यधुनिक हतियार भारतमा निर्मित अर्थात् मेड इन इन्डिाया हुनुपर्ने पनि सुरक्षा फौजको सल्लाह रहेको छ ।
पछिल्लो समय भारत सामु पाकिस्तानको मात्र नभई चीनको समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा मोदी सरकार सुरक्षा अर्थात डिफेन्स सेक्टरलाई बलियो बनाउन आधुनिक हतियर तथा लडाकु विमान उत्पादन तथा खरीदको सम्बन्धमा चाँडो फैसला गर्न चाहन्छ ।
0 comments:
Post a Comment