Loading...
![]() |
काठमाडौं, ३० असोज - उदाउँदो अर्थतन्त्र भएका राष्ट्र ब्रिक्सको आठौं शिखर सम्मेलन आइतबार सकिँदैछ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित समूह ब्रिक्सको भारतको गोवामा चलिरहेको सम्मलेनको दोस्रो दिन आइतबार पनि आपसी सहकार्यका क्षेत्र, समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता विषयमा छलफल हुनेछ।
सम्मेलनकै क्रममा आइतबार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगलाको खाडीको प्रयास बिमिस्टेकको आउटरिच सम्मेलन पनि हुनेछ। यस क्रममा ब्रिक्स र बिमिस्टेक राष्ट्रबिच आतंकवाद नियन्त्रण गर्ने, वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबिच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग बिस्तार गर्ने, जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यस सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। ब्रिक्स बैठक सकिए लगतै बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठक समेत आयोजना हुनेछ। प्रधानमन्त्री दाहालले आइतबार नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले शनिबार चिनियाँ राष्ट्रपति र भुटानका प्रधानमन्त्रीसँग भेट गरेका थिए।
शब्द साभार : उज्यालो अनलाइन

0 comments:
Post a Comment