होशियार ! पटका ल्याए तिहारसम्मै हिरासतमा बास पर्ला है !

Loading...
काठमाडौं, ३० असोज - तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् । दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिकारसम्मै हिरासतमा राखिने जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ । एसएसपी थापाका अनुसार पटका लिएर राजधानी भित्रिने जोसुकै भए पनि उनीहरुको तिहार प्रहरी हिरासतमै वित्नेछ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment