Loading...
![]() |
तपाईँलाई के लाग्छ, के जनावरले पनि आत्महत्या गर्न सक्छ ? यो प्रश्न यदि कसैले तपाईँलाई सोध्यो भने भने तपाई नाजवाफ हुनुहुन्छ । विशेषज्ञले समेत यसबारेमा कुनै राय दिएका छैनन् । तर विश्वमा यस्ता केही घटनाहरु भएका छन्, जनावरले पनि आत्महत्या गरेका छन् ।
आफ्नै प्रशिक्षककै साथमा डल्फिनको आत्महत्या

४० वर्षपहिले, एक कैथी नामको डल्फिनले आत्महत्या गरेको छ । डल्फिन ट्रेनर रिचार्ड ओबेरीको काखमा बसेर डल्फिनले आत्महत्या गरेको थियो । डल्फिन तथा ह्वेल्समा एउटा छुट्टै किसिमको विशेषता हुन्छ कि उनले हामीले जस्तो श्वास लिने गर्दैन । उसको हरेक श्वास सचेत प्रयासमा लिने गर्छ । उसले जब चाहन्छ, आफ्नो जीवन समाप्त गर्न सक्छ । रिचर्डकाअनुसार त्यो दिन कैथी नामको डल्फिन निकै उदास देखिन्थ्यो । ऊ आफ्नो पासमा आएर आफ्नो आँखामा हेरेर पहिलो र दोस्रो श्वास लिएपछि श्वास लिएन । त्यसदिनदेखि रिचार्डले डल्फिन ट्रेनरको पेशा बदलेर जनावरको अधिकारका क्षेत्रमा लागे ।
जब टर्कीमा १५ सय भेडा पहाडमा दौडी रहेका थिए
सन् २००५ मा टर्कीमा झण्डै १५ सय भेडा पहाडी चट्टानमा हिडिरहेको थियो । उनीहरुमध्ये ४ सय ५० भेडा मर्यो । बाँकी भेडालाई भने बचाइएको थियो । किनकी पहिले झरेको भेडा भीरबाट हामफालेको थियो ।
कुकुरले गर्यो आत्महत्या
सन् १८४५ मा इलुस्ट्रेटिड लण्डन न्यूजको रिपोर्टअनुसार, न्यूफाउण्डल्याण्ड प्रजातिको कालो सुन्दर कुकुरले आत्महत्या गरेको थियो । रिपोर्टकाअनुसार कुकुरले पानीमा हेरिरहेको थियो । केही बेरपछि पानीतर्फ दोडिएर डुब्ने प्रयास गर्यो । कुकुरलाई बचाएर बाँध्ने काम भयो । दोस्रो पटक बाँधिएको सिक्री खोलेलगत्तै पानीतर्फ दौडियो । फेरि पनि बनाउने भयो । उक्त कुकुरले बारम्बार यसतो प्रयास गर्दै पानीमा डुबेर आत्महत्या गर्यो ।
भालुको आत्महत्या
सन् २०१२मा चीनमा एक स्वास्थ भालुले १० दिनसम्म खाना नखाएर मृत्यु भयो । पशुअधिकारवादीहरुका अनुसार यस्तो घटना कहिले पनि देखिएको थिएन । भालुको गल ब्लाडरमा एक इन्जाइम रस पाइन्छ, जसका लागि चीनमा भालु पाल्ने गरिन्छ । छोंटो पिँजडामा थुनेर भालु पाल्ने गरिन्छ । उक्त इन्जाइम रस चीनमा पारम्परिक औषधिका रुपमा धेरै नै माग रहेको छ । भालुलाई चिरेर उसको शरिरमा क्याथर्टर ट्युब हालेर उक्त रस निकाल्ने गरिन्छ ।
६१ ह्वेल्सकाे एकसाथ आत्महत्या
न्यूजिल्याण्डमा ६१ ह्वेलले एकैसाथ आत्महत्या गरेको छ । नोभेम्बर २०११ म ६१ ह्वेल्स एक साथ न्यूजील्याण्डको समुन्द्र किनारमा आएर आत्महत्या गरेको थियो । ती मध्ये १८ ह्वेल्स भने बँचेको थियो । ह्वेल्सले यस्तो किन गर्यो भन्ने कुनै स्पष्ट कारण पत्ता लागेको छैन । तर एक सिद्धान्तअनुसार एक ह्वेलले जस्तो गर्छ, अरु सबैले त्यसैको अनुशरण गर्ने गर्छ ।

0 comments:
Post a Comment