 |
काठमाडौं, ११ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णयको सामाजिक सञ्जालहरुमा निकै आलोचना भएको छ ।
समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सार्वजनिक विदा दिने निर्णयको ब्यापक आलोचना भएको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारको निर्णय लगत्तै सामाजिक सञ्जालमा विराध भएको हो । विनुले ट्वीट गरेका छन्– ‘यो चलन नै हो कि भारतीय आउँदा मात्रै दिन लागिएको हो ? चलन नै भए त केही भन्नु रहेन, नत्र विदेशभक्तिको नमूना भयो ।’
बिहेप्पी ट्वीट गर्छन्,– ‘हैन यो इन्डियाको रास्ट्रपति चाहिँ संसारकै ठूलो मान्छे रेछ कि के हो त्यो आउँदा पनि सार्वजनिक बिदा दिनुपर्ने हाम्रो नेपालमा ।’
रबिनले ट्वीट गरेका छन्, – ‘भारतको राष्ट्रपति नेपाल आउदा सार्बजानिक बिदा रे ! नेपाल मेरो देश भनौ कि भारतको उपनिवेश ?? भारत लम्पसार नेता ….मुर्दाबाद ।’
यस्तै, शिव भण्डारीले लेखेका छन्,–‘भारतका राष्ट्रपति नेपाल आउदा सार्वजनिक बिदा दिने निर्णयको बिरोधमा जुनसुकै पार्टीले “नेपाल बन्द“को घोसणा गरेपनि समर्थन गरिन्छ अब ।’ सार्वजनिक विदा दिने निर्णयको विरोधमा ट्वीटरमा ट्वीट र रिट्वीट धमाधम भइरहेका छन् भने फेसबुकमा पनि उस्तै आलोचना भएका छन् ।

0 comments:
Post a Comment