दिपावलीको समयमा ७० करोड कमाउने महिलाहरुको सफलताको राज ::

Loading...

एजेन्सी- भारत स्थित गुजरात राज्यको उत्तरसंडामा उत्पादन हुने पापड, मठिया तथा चोलाफली जस्ता खानेकुराहरु भारत लगायत विश्वका धेरै देशहरुमा प्रख्यात छ ।

दिपावलीमा यी खानेकुराहरुको बिक्री ह्वात्तै बढेर जान्छ । यी खानेकुराहरुको माग अत्यधिक बढ्ने हुनाले दिपावलीमा मात्रै यहाँका महिलाहरु ७० करोड भारतीय रुपैयाँ भन्दा बढी कमाउँछन् भन्दै आजतकले समाचार लेखेको छ।

पापड लगायतका यी खानेकुराहरु विश्व बजारमा समेत निर्याय हुने भएकाले यो एउटा ठूलो आयआर्जनको श्रोत नै हुन पुगेको छ ।

२० हजार मानिस बसोबास गर्ने उत्तरासंड गाउँमा दिपावलीको समयमा चोलाफली, मठिया तथा पापड विदेशमा ठूलो मात्रामा निर्यात हुन्छ । सानो गाउँ उत्तरासंडमा यो घरेलु उद्योगमा आवद्ध करिव ३० भन्दा बढी कारखानाहरु छन् । अनि यी कारखानाहरु दिपावलीको समयमा ७० करोड भन्दा बढीको व्यापार गर्न सफल हुन्छन् ।

उत्तरासंडमा यो बजार आज भन्दा ३०वर्ष पहिले शुरु भएको  थियो । यहाँ यस्ता अनेकौ कारखानाहरु छन् जसले दिपावलीको समयमा ३ देखिटन भन्दा बढी मठिया तथा चोलाफली उत्पादन गर्छन् । अनि यहाँको यी खानेकुराहरु बढीजसो विदेशमा निर्यात हुन्छ । यी खानेकुराहरुको विशेषता भनेको के हो भने यो चोलाफली तथा पापडहरु तीन महिना सम्म ताजा रहन्छ ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment