झापामा सात हजार उद्योग खुले तर दरबन्दीका कर्मचारीकै अभाव

Loading...

दमक:झापामा हाल सम्म ६ हजार ९ सयवटा घरेलू तथा साना उद्योग उद्योग दर्ता भएका छन् ।  आर्थिक वर्ष ०७२–०७३ मा मात्रै २१८ वटा उत्पादनमूलक, २५२ वटा कृषि तथा वन जन्य, पर्यटन १०, सेवामूलक २२० र निर्माण १६ गरी ७१६ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा यस्तो तथ्याङक रहेको हो । ती उद्योगमा २ हजार ६० जनाले रोजगारी पाएका र  ८०३ जना उद्यमी बनेको पनि कार्यालयीय तथ्याङकमा उल्लेख छ ।  रोजगारी पाउनेमा ६ सय महिला छन् भने १४ सय ६० जना पुरुष छन् ।

यस्तै प्राइभेट फर्म ६५५, साझेदारी फर्म ४७, प्रालि १४ वटा गरी एक आर्थिक वर्षमा ६ हजार नौ सयवटा उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए । उद्योगबाट ५८ लाख ४२ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ ।  कार्यालयका अनुसार १ हजार १३ वटा प्राइभेट फर्म वाणिज्य प्रशासनतर्फ दर्ता भएका छन् । त्यसैगरी साझेदारी फर्म ४९ वटा दर्ता भएका छन् । जसबाट एक करोड १३ लाख ८५ हजार दुई सय ३७ रुपैयाँ राजस्व संकलन भएको छ ।

जनशक्ति अभावमा पनि कार्यालयले उद्योगतर्फ ५८ लाख ४२ हजार १ सय र वाणिज्यतर्फ १ करोड १३ लाख ८५ हजार दुई सय ३७ रुपैयाँ राजस्व संकलन गर्दै १ करोड ७२ लाख २७ हजार तीन सय ३७ रुपैयाँ कुल राजस्व संकलन गरेको उद्योग अधिकृत मिश्रले बताए । कार्यालयमा ११ जना कर्मचारीको दरबन्दी भएपनि अहिले ५ जना मात्रै कार्यरत छन् । अन्य ६ जनाको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ ।

उद्योगतर्फ दरबन्दीबमोजिम जनशक्ति नहुँदा २०६३ सालदेखि वाणिज्य प्रशासनतर्फको कार्य पनि उद्योगअन्तर्गत दरबन्दी रहेका कर्मचारीले नै सम्हाल्दै आएका छन् । जसबाट उद्योगविरुद्ध परेका उजुरी गुनासोको सम्बोधन गर्न कठिनाई भोग्नु परिरहेको छ ।  

Share on Google Plus

About Admin

0 comments:

Post a Comment