दुब्लाउने सजिलो तरिका यी १० तरिका अपनाउनुहोस् तपाई छिटो दुब्लाउनु हुन्छ

Loading...

पातलो र स्लीम शरीर जसलाई पनि मन पर्छ । अव्यवस्थित खानपान र बढ्दो शहरी जीवनशैलीका कारण मोटाएर यदि तपाई दिक्क हुनुहुन्छ, तपाई दुब्लो बन्न चाहनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नु हुन्छ ।

१.नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउने

विहान वा दिउँसो यदि तपाई नास्ता गर्नुहुन्छ भने त्यससँगै सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक नखानुहोस, चिया कफीमा कम पिउनुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

२. दैनिक खाने खाना कम गर्नुहोस्

तपाई दिनवमा ४–५ पटक खानु हुन्छ भने त्यसलाई कम–कम गरी खानुहोस् । धेरै पटक तर थोरै थोरै खानले तपाईको शरीरलाई दुब्लो हुन मद्धत गर्छ ।
दक्षिण अफ्रिकामा भएको एक अध्ययनका अनुसार बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

३. दैनिक ४५ मिनेट हिड्नुहोस्

दैनिक कम्तिमा ३० देखि ४५ मिनेट हिड्नाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ साथै खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलोसम्म तौल घटाउन सकिन्छ । तर हिड्ने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।

४. पानी बढी भएको खाना खाने

पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

५. चिल्लो कम प्रयोग गर्ने

मासु, रोस्ट तथा चिल्लो बढी भएको केकहरुको प्रयोग कम गर्ने । यसले गर्दा शरीरमा चिल्लो पदार्थको कम हुन जान्छ र मोटाउन दिँदैन साथै, चिया, कफी दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

६. ९० प्रतिशत खाना घरमै खाऔं

सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।

७. खाना बिस्तारै खाने ः

बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ । खानखाने समयमा तीन गिलास जति पानी खानले पनि खाना कम रुच्छ अनि त्यसले क्यालोरी पनि कम प्राप्त हुन्छ ।

८. भोक लागेपछि मात्र खाने

हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुपर्छ ।


९.साँझ कम खाने

अध्ययनका अनुसार जति बढी दिनको समयमा खाना खाइन्छ, रातको समयमा उतिनै कम खानुपर्छ । दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।

१०. कागती र मह प्रयोग गर्ने

हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment