कश्मिर भिडन्तमा मारिए भारतीय फौजमा कार्यरत नेपालका २० वर्षीय बिमल तामाङ ::

Loading...

काठमाडौँ, १६ कात्तिक - दुई महिनायता पाकिस्तानसँग भारतको तनाव बढिरहेका बेला सोमवार भएको भिडन्तमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन्।

पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा सोमवार दिनभरजसो गोली हानाहान भएको हो।

राजोरीको तारकुण्डी, मन्जाकोट र गम्भीर क्षेत्रमा पाकिस्तानी रेन्जरसँग भएको भिडन्तका क्रममा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत नेपालको धरान निवासी २० वर्षीय बहादुर राइफलम्यान बिमल तामाङको ज्यान गएको हो।

बिमलले ज्यान गुमाएको मेन्ढर बालाकोटमा गोलाबारीका क्रममा भारतीय सेनाका थप चार जवान घाइते भएका छन्। दुबै घाइते जवानहरुलाई उधमपुरको कमाण्ड अस्पतालमा भर्ती गरिएको छ। यो घटनामा एकजना महिला पनि मारिएकी छन्।


यसका अलावा मेन्ढरको बालाकोट गाउँस्थित एलओसीससँगै जोडिएको इलाकामा पाकिस्तान र भारतको तर्फबाट ठू‍लोमात्रामा गोलाबारी भएके थियो।

बिमल मारिएकै दिन पाकिस्तानको तर्फबाट अन्य स्थानमा पनि भएको गोलाबारीमा भारतीय सेनाका थप पाँचजना जवान पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानी सेनासँगको भीडन्तका क्रममा केही सातामै भारतीय सेनाका सातजना जवान मारिइसकेका छन्। समाचार अनुसार यस क्रममा भारतीय सेनाका चार र बोर्डर सेक्युरिटी फोर्सका तीनजना मारिएका छन्। कारोबार र एजेन्सीको सहयोगमा 

Share on Google Plus

About Admin

0 comments:

Post a Comment