दाजु-भाइका बाधा फुकाउन फोडिने ओखर भारतबाट आयात, ५ करोड बढी रकम बाहिरियो

Loading...

काठमाडौँ, १६ कात्तिक - तिहारमा ओखर फोरेर दिदी-बहिनीले आफ्ना  साँस्कृतिक परम्परा छ। तर, त्यही बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा ५ करोड ९ लाख रुपैयाँभन्दा बढीको ओखर आयात भएको छ।

केन्द्रका अनुसार गत वर्ष नेपालले भारत, चीन र फ्रान्ससँग १ लाख ७४ हजार १ सय ४५ किलो ओखर किनेको छ। भारतबाट मात्रै १ लाख ७३ हजार ५ सय ६० केजी आयात भएको छ। चीनबाट ५ सय ६० र फ्रान्सबाट २५ केजी ओखर आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ।

वालनट, सेल शीर्षकमा विदेशबाट ओखरको आयात हुँदै आएको छ। नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ। कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ जमिनमा ओखर र बदाम खेती गर्न सकिन्छ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment