Loading...
![]() |
हनिमुन साँच्चीकै विशेष तथा प्रिय हुन्छ र नवविवाहित जोडीहरुले सकेसम्म धेरै दिन हनिमुनमा घुमफिर गरेर रमाउन चाहन्छन् ।
कामकाज, जागिर, व्यवसाय जस्ता कारणले गर्दा बढिमा १ महिना भन्दा धेरै हनिमुन मस्ती गर्नका लागि समयले साथ दिँदैन । तर यो दुनियामा एउटा यस्तो जोडी फेला परेको छ जसले पूरै ५ सय दिनसम्म हनिमुन मनाएको छ ।
नवविवाहित जोडी मार्क र क्यामेली भिलाफोरले ५ सय दिन हनिमुन मनाउने क्रममा अमेरिका, तान्जानिया, ग्वाटेमाला, पनामा, निकारागुवा, दक्षिण अफ्रिका सहित विश्वका विभिन्न देशको भ्रमण गरे ।
सन् २०११ को जुलाइमा चीनको सांघाइमा पहिलो विवाह समारोह गरेका यिनीहरुले डेढ वर्षपछि फिलिपिन्समा आफ्ना अभिभावक र साथीसँगीहरुको साथमा दोश्रो विवाह समारोहको आयोजना गरे ।
विश्व घुम्न चाहने यो जोडीले सुरुमा एक वर्षको हनिमुन ट्रिप तय गर्ने लक्ष्य राखेको थिया । तर घुम्दै जाँदाखेरि उनीहरु ११ देशमा पुगे र त्यहाँको जिवनशैलीप्रति यतिविघ्न प्रेम रह्यो । उनीहरुले अन्ततः आफ्नो हनिमुन अरु थप १३५ दिन लम्ब्याए । आफ्नो हनिमुन भ्रमणको विषयमा तस्वीर लगायतका जानकारी दिनका लागि उनीहरुले 365traveldates.com नाम ब्लग पनि खोलेका छन् ।
दिनको झण्डै एक सय डलर खर्च हुन्थ्यो उनीहरुको । त्यति लामो समयसम्म घुम्दा साथमा पैसा हुने कुरा पनि भएन । त्यसैले उनीहरुले विभिन्न काम गर्दै, पैसा कमाउँदै, घुम्दै गरे ।
यो जोडीको रोचक हनिमुन यात्राका तस्वीर












0 comments:
Post a Comment