काठमाडौं, १९ असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलले नेपाल प्रहरीले दिने लाइफटाइम एचिभमेन्ट अवार्ड बहिष्कार गरेका छन् । प्रहरी प्रधान कार्यालयले हरेक वर्ष एकजना पूर्वमहानिरीक्षकलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । यसपटम प्रधान कार्यालयले पूर्वआईजीपी खरेललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो । तर, प्रधान कार्यालयको सो प्रस्ताव खरेलले ठाडै अस्वीकार गरेका छन् । स्रोतका अनुसार कैलालीको टीकापुरमा गत वर्ष भदौ ७ मा सातजना प्रहरीको हत्या गर्नेलाई सरकारले मुद्दा फिर्ता लिन लागेको विरोधस्वरूप उनले अवार्ड बहिष्कार गरेका हुन् ।
खरेलले अस्वीकार गरेपछि लाइफटाइम एचिभमेन्ट अवार्ड अर्का पूर्वमहानिरीक्षक श्यामभक्त थापालाई प्रदान गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले यस वर्षको उत्कृष्ट पूर्ण शान्ति पुरस्कार अपराध अनुसन्धान महाशाखाका सई गजेन्द्र रावललाई प्रदान गर्ने निर्णय गरेको छ ।
0 comments:
Post a Comment