विश्‍वकै सबैभन्दा धेरै वर्ष बाँच्‍ने महिला

Loading...
एजेन्सी । तस्बिरमा देखिएको यी महिला विश्‍वकै सबैभन्दा धेरै वर्ष बाँच्‍ने महिला हुन्।उनको नाम हो वाली एमा। उनी अहिले ११७ वर्षकी भएकी छन्। उनको जन्म २९ नोभेम्बर १८९९मा इटालीमा भएको थियो।ama_nepal4
एमाको नाम गिनिजबुकमा पहिलेदेखि नै दर्ता भइरहेको छ किनकी १८९९मा जन्मिएका कुनै पनि व्यक्ति यो धर्तीमा जिवित छैनन्। उनी अहिले उत्तरी इटलीको शहर वेरबेनिया बस्‍दै आएकी छिन्।एमा भन्छिन्, ‘मेरो प्रशंसक विश्‍वभरमै रहेको छ।’ama2
उनले आफ्नो लामो जीवन बाँच्नुको रहस्‍य खोल्‍दै भनेकी छिन्, ‘म प्रत्येक दिन अण्डा र कुकीज खाने गर्दछु।’ साथै उनले आफ्नो जीवनमा फलफूल र सागसब्जी खाने गरेको बताएकी छिन्।ama4
यता, चिकित्सकका अनुसार उनको मस्तिष्क ठीक तरिकाले काम गरिरहेको र बोल्‍नमा केही अप्ठ्यारो भइरहेको छ। उनी अहिले धेरैबेरसम्‍म टीभी हेर्न पनि सक्दिनन्। उनी आफ्नो धेरै समय सुतेरै वा खाएरै बिताउने गरेका छन्।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment