पछिल्लो समय सामाजिक संजालमा सक्रिय देखिएका नायक राजेश हमालले समाजमा देखिने बेथितीदेखि राजनीतिसम्मका कुराहरुमा बोल्न थालेका छन् ।
यसैबिच नायक हमालले कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले क्यान्सरको उपचार गराउन ५० लाख रुपैयाँ दिएपछि आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै प्रश्न गरेका छन् सरकार सबै स्तन क्यान्सर रोगीलाई दिन लागेको हो ?
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नायक हमालले भनेका छन् , ‘मैले यो सुनेको सही हो कि राज्यकोषबाट ५० लाख रुपैयाँ हाम्रा देशका सबै स्तन क्यान्सर रोगीलाई दिन लागिएको हो रु गज्जब १ यस्तै नयाँ खबर शिक्षा र रोजगारीको क्षेत्रमा पनि सुन्न पाइयोस् ।’
उनले ब्यग्यात्मक शैलीमा कुटनीतिक भाषाको प्रयोग गरी सरकार र राज्यकोषबाट सहयोगका नाममा लाखौँ रकम लिएर विदेश शयर गर्ने नेताजीहरुलाई कडा शैलीमा प्रहार गरेको स्टाटस यतिबेला नेपालीहरुले खुश रुचाएका छन् ।
0 comments:
Post a Comment