फोरम सांसद्को आह्वान, फेरि नाकाबन्दी गरौँ, अलग राष्ट्र मागौँ ::

Loading...

काठमाडौँ, ७ मंसिर - संघीय समाजवादी फोरम नेपालका नेता तथा सांसद् अभिशेक प्रताप शाहले लामो समयदेखि आन्दोलनरत मधेशी नेताहरुलाई अलग मधेस राष्ट्र निर्माणका लागि आह्वान गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाट्स लेख्दै सांसद शाहले सबै मधेसी नेताहरुलाई काठमाडौँ छाडेर मधेश फर्कन आग्रह गर्दै फेरि नाकाबन्दी गरेर अलग मधेस राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन्।

उनले (हिन्दीलाई नेपालीमा साभार गरिएको) लेखेका छन्, अब भयो, मधेसी नेताहरु अब मधेस फर्क, दानी पानी र तेल बन्द गर र अलग मधेस राष्ट्र माग।

उनको यो स्टाटसले मधेसी नेताहरुलाई फेरि चर्को आन्दोलनमा उत्रनका लागि उक्साहट गरेको छ।

           उनले फेसबुकमा लेखेको स्टाट्स

Share on Google Plus

About Admin

0 comments:

Post a Comment