दिदीसँग बाख्रा चराउन जंगल गएकी पाँच वर्षीया बालिका बलात्कृत

Loading...

मंसिर ७, जाजरकोटको पजारुमा दिदीसँग बाख्रा चराउन जंगल गएकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई दिदीसँग गोठालो गएका बेला स्थानीय दाइ नाता पर्ने पजारु–५ का १३ वर्षीय प्रकाश अधिकारीले बलात्कार गरेका हुन्। समाजबाट तिरष्कृत हुने र उल्टै अपहेलित हुने डरले बालिका बलात्कृत भएको दुई महिना पुग्न लाग्दा पनि घटना बाहिर आउन नसकेको हो। बलात्कृत बालिकाको यौनीमा इन्फेक्सन भएपछि सोधखोज गर्दा बालिका बलात्कृत भएको तथ्य खुलेको हो। मलाई प्रकाश दाइले जबरजस्ती यौनसम्पर्क गरेपछि यस्तो भएको भनेर छोरीले नै भनेपछि घटनाबारे आफुले थाहा पाएको बालिकाका बाबुले बताएका छन् ।
प्रहरीका अनुसार प्रकाशले दिदी बाख्रा लिन जंगलतिर गएको मौका छोपी गत असोज १३ गते बालिकालाई नजिकैको खोलामा लगेर बलात्कार गरेका थिए। गाउँमै घरेलु उपचार गर्दा पनि निको नभएपछि बालिकालाई उपचारको लागि जिल्ला सदरमुकाम ल्याइएको जनाइएको छ। अहिले जिल्ला अस्पतालमा बालिकाको उपचार भइरहेको छ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment