Loading...
![]() |
काठमाडौँ, ३ कात्तिक : साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ।
तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल-काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ। राजकुमार अल-काबिरलाई कसरी फाँसी दिइयो भन्नेबारेमा केही खुलाइएको छैन। साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ।

राजकुमार अल-काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको समाचार संस्था एएफपीले जनाएको छ। सर्वसाधारण नागरिकलाई फाँसीको सजाय दिनु सामान्य रहेपनि साउदी राजपरिवारका सदस्यलाई फाँसीको सजाय निकै कम दिइन्छ। एजेन्सी

0 comments:
Post a Comment