काठमाडौं, ३ कार्तिक - बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन । नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेवल पासपोर्ट दियो।
राहदानी पाएपछि हुसेन साउदी अरेविया जान बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिए । हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गए। विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनको यी सबै प्रक्रिया पूरा भए।
नेपाली पटक्कै बोल्न नजान्ने हुसेन ४ वर्ष साउदी बसाइ पछि नेपाल फर्किए । त्रिभुवन विमास्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्यो । अन्नपूर्ण पोस्ट् दैनिक
0 comments:
Post a Comment