मंसिरदेखि त्रिशूली-३ ए को निर्माण सुरु हुने

Loading...
काठमाडौं, ३ कात्तिक - भूकम्पका कारण निर्माण अवरुद्ध भएको ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत आयोजनाको काम आगामी नोभेम्बर अर्थात मंसिरदेखि सुरु गरिने भएको छ।

नुवाकोट र रसुवा जिल्लामा निर्माणाधिन त्रिशुली ३ एक जल विद्युत आयोजनाको पहुँचमार्ग पूर्ण रुपमा क्षति भएपछि अवरुद्ध भएको निर्माण कार्य मंसिरदेखि सुरु गरिन लागेको हो।

नेपाल विद्युत प्राधिकरणले अघि बढाइरहेको आयोजनाको काम भूकम्पका कारण १२ वैशाख देखि पूर्णरुपमा अवरुद्ध छ। सन् २०१६ को जुनमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको आयोजनाको निर्माणमा भूकम्पका साथै अन्य विविध कारणले ढिलाइ हुँदै आएको छ। कारोबार दैनिकमा खबर छ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment