 |
उदयपुर, कात्तिक १० – जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिका बलात्कार गरेको पुष्टि गर्दै बाबुसहित तीन जनालाई २२ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको छ ।
मंगलबार जिल्ला न्यायाधिश राजकुमार कोइरालाको एकल इजालासले तीन जनाविरुद्ध फरक फरक कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो ।
अदालतले घटनाका मुख्य दोषि ४० वर्षे पीडितका बुबालाई २२ वर्ष र ५० हजार रुपैयाँ जरिवाना, २१ वर्षे मामालाई ११ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना र १८ वर्षे राजकुमार राईलाई ८ वर्ष कैद र १० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको हो ।
अदालतले मुलुकी ऐनको जबरजस्ती करणीको महल अनुसार १२ वर्ष कैद र हाडनाता करणी महल बमोजिम थप १० वर्ष गरी बलात्कृत बालिकाका बुबालाई २२ वर्ष कैदको फैसला सुनाएको हो । अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले मामालाई पनि त्यही महलअनुसार ८ वर्ष कैद र हाडनाता अन्र्तगत थप ३ वर्ष गरी ११ वर्ष कैदको फैसला सुनाइएको बताएका छन् ।
गएको माघ २९ गते बालिकाकी आमा विदेश गएको मौका छोपी उनीहरु तीन जना मिलेर नियमित बलात्कार गर्दै आएका इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिएका छन् । कक्षा ६ मा अध्ययनरत पीडित बालिकालाई रक्सी खुवाएर आमा विदेश गएका बेला बलात्कार गरेको प्रहरीले बताएको छ ।

0 comments:
Post a Comment