दैनिक कति चाहिन्छ मानिसलाई क्याल्सियम ?

Loading...

कात्तिक १० । हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ ।

क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

क्याल्सियमको कमीका कारण लाग्ने रोग

उच्च रक्तचाप
कोलोन क्यान्सर
स्तन क्यान्सर
मेटाबोलिक सिण्ड्रोम
प्रिमेनुष्ट्रल सिण्ड्रोम

कति चाहिन्छ मानिसलाई क्याल्सियम  दैनिक ?

वयस्क: १ हजार मिलिग्राम दैनिक
किशोर: ५० वर्षभन्दा बढी उमेरका महिला तथा  ७० वर्षभन्दा बढी उमेरका पुरुष ( १३ सय मिलिग्राम दैनिक


एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा: ५ सय देखि ८ सय मिलिग्राम दैनिक

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

दूध स् क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।

दहि स् दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।

चिज

तरकारी तथा हरिया सागसब्जी
फलफूल तथा बदाम
सामुद्रिक खाद्यपदार्थ
सेरल्स
सोय तथा सोयजन्य उत्पादन
अण्डा

ध्यानाकर्षण: हल्का पेय पदार्थ, क्याफिन र अल्कोहलले क्याल्सियमलाई हानी गर्छन् । त्यसैले यी चिजबाट टाढै बस्नुहोस् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment