फेसबुकले ल्याएको बिकृती : न रहयो घर न रहिन श्रीमती

Loading...

बेलबारी : पछिल्लो समय सामाजिक सञ्जालमा बढेको बिकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्वाद हुन थालेको छ। सामाजिक सञ्जालमा आफुसँग बिचार नमिल्ने र रिसईबी साध्नका लागी  चरित्रहत्या गर्ने क्रम त झन हवात्तै बढेको छ। सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिको घरवार नै उजाडिएको छ भने कतिले त मृत्युको बाटो नै रोज्न पुगेका छन। पुर्बोत्तर मोरङमा मात्र हेर्ने हो भनेपनि सामाजिक सञ्जालका कारण धेरैको घरवार बिग्रिएको छ भने धेरैले सामाजिक रुपमा अपमान सहनुपरेको छ।


घटना १ –  करिब एक महिना अघि श्रीमान बैदेशिक रोजगारीमा रहेका मोरङको कोसीहरैचाकी एक महिलालाई आफनै नन्दले एकजना युवा सँग चिनजान गराईन। चिनजानपछि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका उनीहरुका लागी फोन र म्यासेज सामान्य बन्न थाले। पछि फेसबुककै कारण उनीहरुको डेटिङ समेत फिक्स भयो।

केही समयको भेटपछि उनीहरुको मित्रता झन गाढा हुन थाल्यो। पछि पत्ता लाग्यो कि आफुलाई चिनजान गराएको पुरुषसँग उनको पुरानो सम्बन्ध रहेको र उनीसँग आफनै दाजुको घरवार बिगारेर भाउजुलाई घरबाट निकाली ति युवालाई श्रीमान बनाउने र भएको सम्पत्तिमा मोज गर्ने उनको नियत पत्ता लाग्यो जतिबेला उनीहरुलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी ल्यायो। पछि परिवारको सहमतिको सो घटना सामसुम भयो।

घटना २ – मोरङको सुन्दरदुलारीका एक युवाले बिदेशबाटै आफनो दिदीको साथीको नाममा फेसबुक आईडी बनाए र अश्लिल तस्विरहरु सार्बजनिक गर्न थाले। ती बिवाहित महिलाले प्रहरीमा उजुरी गरिन। ती युवा दशैको मुखमा घर फर्केका बेला उनलाई प्रहरीले पक्राउ गर्यो र पाता फर्कायो। प्रहरीको अनुसन्धानले देखायो कि दिदीको साथीलाई मन पराएका युवा उनको बिवाह अरुसँग भएपछि उनको बेइज्जत गर्नका लागी उनले त्यसो गरेका रहेछन । त्यही कारण उनको घर पनि बिग्रियो। अहिले उनी एक छोराका साथ बसेकी छिन।

घटना ३ – मोरङको बेलबारीका एक प्रतिष्ठित ब्यत्तिले रोजगार दिने बहानामा श्रीमान बैदेशिक रोजगारीमा रहेका एक महिलासँग फेसबुकमै चिनजान पछि सम्बन्ध बिस्तार गरे। पछि सम्बन्धले अन्तिम रुप लिएपछि श्रीमान बैदेशिक रोजगारीबाट फर्किए। आफनो इज्जत र घरबार जोगाउने बहानामा उनले उल्टै ती ब्यत्तिलाई केही रकम दिएर घटना सामसुम पारे। सो घटनाको चर्चा भएपनि प्रहरी सम्म पुगेको छैन।

घटना ४ –  फेसबुक मार्फत नै चिनजान भएका बेलबारीका एक जोडीले सम्बन्ध बढदै जाँदा झण्डै आत्माहत्या गर्नेसम्मको अबस्था आयो पछि उनीहरुको घटना पनि सामसुम त भयो तर यस्ले पुन अर्को रुप लिने पक्का नै छ। केही महिना अघि मोरङको लेटाङ भोगटेनीमा एक महिलाले बिदेशबाट पठाएको लाखौ रकमसहित आफना फेसबुक प्रमीसँग कुलेलाम ठोकेको घटना समेत सार्बजनिक भएको थियो। यी त पछिल्ला समय देखिएका प्रतिनिधि घटना मात्र हुन। अधिकांश यो समस्या बैदेशिक रोजगारीका गएका युवाहरुको परिवारमा रहेको छ।

महंगो मोबाईल, प्रबिधिको बिकास र पर्याप्त सेवा सुबिधा पाएपछि उनीहरुको परिवारमा यो समस्या बढेको छ। कतिपयको त बैदेशिक रोजगारीबाट घर फर्किदा श्रीमती र कमाएको सम्पत्ति दुबै गुमाउनु परेको अबस्था छ। शुरुका दिनहरुमा यस्ता घटना देखिए सुनिए पनि प्रहरीकहाँ बिरलै आउने गरेका तर पछिल्लो समय सामाजिक सञ्जालमा चरित्रहत्या भयो भनेर उजुरी गर्नेको संस्खा बढेको र कार्तिकमा मात्र ३ वटा उजुरी आईसकेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिए।

आफुले यस्ता घटनामा सकेसम्म दुवैपक्षलाई राखेर सम्झाई बुझाई आगामी दिनमा यस्तो नगर्ने सहमतिमा मिलाउने गरेका र घटना थप जटिल रहेका घटनामा आफुभन्दा माथिल्लो निकायमा पठाउने गरेको समेत उनले बताए। केही महिना यता यस्ता घटनामा बृद्धि भएको समेत उनले बताए। पूर्बेलीन्युजबाट शब्द सभार

Share on Google Plus

About Admin

0 comments:

Post a Comment