शास्त्र भन्छ: धनलाभ चाहनुहुन्छ भने दिपावलीमा गजलक्ष्मीको पूजा गर्नुहोस्

Loading...

काठमाडौं, कात्तिक १० - यसपालीको दिपावलीमा माता गजलक्ष्मीको पूजा गर्नहोस्। तपाईहरुमध्य धेरैजनाले तिहार तथा लक्ष्मी पूजा आउन केही दिन बाँकी भएता पनि घरघरमा माता लक्ष्मीलाई खुशी पार्नका लागि विधीहरु सुरु गरिसकेको हुनुपर्छ।

तपाईंलाई हामी जानकारी गराउन चाहान्छौं कि माता लक्ष्मीको अनेकौं रुप छ। अनि पूजा नगरेरै उनलाई खुशी पार्न अलि गाह्रो पनि छ । त्यसै मध्ये माता लक्ष्मीको एक रुप हो श्री गजलक्ष्मी को रुप।

भनिन्छ दिपावलीमा माता गजलक्ष्मीको पूजा आराधना गर्नाले शुभ प्राप्त हुनुका साथै यसले धन तथा यश प्राप्त हुन्छ।

शास्त्र अनुसार माता लक्ष्मीको यो गजलक्ष्मी रुपलाई शक्तिको प्रमुख श्रोतको रुपमा मानिएको छ। तसर्थ हात्तीमा सबार लक्ष्मी अर्थात गजलक्ष्मीको मन्दिर तथा मूर्ति वा फोटोलाई घरमै ल्याएर यो वर्षको लक्ष्मी पूजामा पूजा आराधना गर्न नर्बिसिनु होस्। गजलक्ष्मीको पूजा गर्नाले परिवारमा शान्ति, अर्थमा उन्नती तथा चिताएको मनोकामना पूरा हुनसक्छ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment