साउदीमा ६२ नेपाली अलपत्र, उजुरी दिन गएका दुई नेपालीको अवस्था अज्ञात।

Loading...

काठमाडौं - साउदी अरवको लबेलस्थित महमद सद अल घुरेरी एन्मड ब्रदर्स कम्पनीमा तीन महिनाअघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन्।

पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै नेपाली दूताबासमा उजुरी दिएका छन्।

ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेसन इम्पलोइमेन्ट सर्भिसले पठाएको थियो।

रियादस्थित नेपाली दूताबासले कम्पनीले उनीहरुलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावर कम्पनीलाई कारबाही गर्न श्रम मन्त्रालय र बैदेशिक रोजगार विभागमा सिफारिस गरेको छ।

कम्पनीका मालिक मोहम्मद सदले दूतावासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसवी नाल्वोलाई लगेको र उनीहरुको अवस्था अज्ञात रहेको अलपत्र परेका कामदारहरुले बताएका छन्।कान्तिपुर दैनिकबाट

Share on Google Plus

About Admin

0 comments:

Post a Comment