एजेन्सीः मानिस कसरी खुशी प्राप्त गर्छ ? एक प्रश्न जवाफ अनेक हुनसक्छन् । भारतमा यस्तो एक ठाउँ छ जहाँ छोरी जन्मिदा वेश्गावृत्तिमा लगाउन पाइन्छ भनेर खुशीयाली मनाउछन् ।
छोरी जन्मिए बेस्यावृत्तिमा लगाउन पाइन्छ भनेर खुशीयाली मनाउने ठाउँ हो गुजरातको बाडिया गाउँ । त्यहाँ महिलालाई समान निदनका लागि छोरी जन्मिदा कोही खुशी हुँदैनन् तर छोरी ठूली भएपछि वेश्यावृत्तिमा लगाउन पाइन्छ भनेर खुशीयाली मनाउछन् ।
छोरी ठूली भएपछि वेश्याबृतिको प्राथा अगाडि बढाउनकै लागि यो गाउँमा छोरी जन्मिदा खुशीयाली मनाइने गरेको हो । जहाँ जोरीलाई १२ वर्षकै उमेरमा पहिलो पटक ग्राहकलाई जिम्मा लगाइन्छ । यसरी १२ वर्षकै उमेरमा ग्राहकको जिम्मा लगाइएकी तर उक्त दलदलबाट उम्किन सफल सोनलले आफ्नो कथा सार्वजनिक गरेकी छिन् ।
बिबिसीसँग कुरा गर्दै अहिले २० वर्ष पुगेकी सोनलले भनेकी छिन्, ‘जव मलाई पहिलो पटक कुनै ग्राहकसँग पठाइएको थियो त त्यतिबेला म मात्र १२ बर्षकी थिएँ । त्यसक्रममा मलाई केहि थाहा थिएन कि के गर्नुपर्ने थियो । मात्र यति थाहा थियो कि आमाले गरेको जस्तै गर्नुपर्छ । मैले सानैदेखि आमाले पनि यही गरेको देख्दै आएको थिएँ ।’
सोनलले तीन कक्षाभन्दा माथि पढ्नै पाइनन् । उनकै उमेरका र उनकै गाउँका थुप्रै साथीहरु समेत यसरी नै ग्राहकको जिम्मामा थिए । ‘मेरो जन्म यस्तो घरमा भयो कि जहाँ मेरी आमालाई थाहै छैन कि मेरा पिता को हुन् ? किनकि आमाको सम्बन्ध धेरै पुरुषहरुसँग थियो’ सोनलले भनेकी छिन् ।
सोनलले अनिल नामक एक ग्राहकसँगै प्रेम गरिन् । अनिल सँगै पैसा तिरेर सोनललाई भेट्न पुग्थ्यो । परिवारले अनिलभन्दा धेरै पैसा दिने ग्राहक आएपछि अनिलसँग छुटाउन अनेक प्रयास गरेपछि सोनल भागेर अनिलसँगै अहमदावाद गइन् ।
उनले भनेकी छिन्, ‘त्यसपछि हामीले कोर्टमा विवाह गर्यौं । मेरो यो कदमपछि गाउँमा ठूलो होहल्ला भयो । परिवारले चाहेको थियो कि म घर फर्किउँ किनकि मेरो यही धन्दाले परिवार चल्थ्यो ।’
उक्त समाजमा यसरी पहिलो पटक कुनै युवतीले क्रान्ति गरेर बेश्यावृत्ति गर्दा गर्दै प्रेम विवाह गरेकी थिइन् । तर, सोनलले कोर्ट व्यमरिज गरेका अनिल समेत विवाहीत भएको सोनलले पछि मात्र थाहा पाइन ।
सोनलले भनेकी छिन, ‘अनिल मसँग प्रेम गर्थे र यस धन्धाबाट बाहिर निकाल्नको लागि मसँग विवाह गरेका थिए । उनकी पत्नी उनीसँग छुट्टिएर बसेकी थिइन् तर सम्बन्ध बिच्छेद गर्न अस्वीकार गरिरहेकी थिइन् ।’
‘अनिलकी पहिली पत्नीलाई मेरो र अनिलको सम्बन्धको बारेमा कुनै समस्या थिएन तर म आफैलाई कसैको दोस्री श्रीमतीको रुपमा रहनु राम्रो लागिरहेको थिएन’ उनले भनिन् ।
संकटकै समयमा सोनलले एक सहायता संस्थाका मित्तल पटेलसँग भेट भयो । मित्तलले सोनलजस्तै थुप्रै युवतीको उद्धार गरेका रहेछन् । अहिले सोनलले मित्तलकै सहयोगमा ब्युटी पार्लरमा काम सिकिरहेकी छन् ।
उनी अनीललाई प्रेम गर्छिन तर दोस्री श्रीमती हुन् चाहन्न् । आमा र फूपुले गाउँमा बोलाए पनि सोनल कहिल्यै गाउँ नजाने भएकी छिन् ।
पत्रकारको सहयोगमा सोनलले सुरक्षाका लागि प्रधानमन्त्रीलाई पत्र लेखेपछि त्यहाँको गृहमन्त्रालयले उनको सुरक्षा जिम्मा लिएको छ । सोनलले बिबिसी सँग भनेकी छिन, ‘गाउँमा १२ बर्षको उमेरकी एक बालिका त थुप्रै पटक एकै दिनमा ३० र ३५ ग्राहकसँग सुत्नुपर्थ्यो तथा गर्भपतन जस्ता समस्या त सामान्य कुरा हुन्थ्यो । कुनै केटी मन पर्यो भने उसलाई आफुसँग राख्न पाइन्थ्यो र त्यसवापत परिवारलाई मासिक रकम बुझाउनुपर्थ्यो ।’
सोनल चाहन्थिन् कि गाउँमा सानो उमेरका छोरीहरु यस धन्दामा संग्लग्न नहुन् । उनीहरुलाई थाहा पनि हुँदैन कि उसले के गर्नुपर्छ । सोनलले अडान लिएकी छन् कि ‘म आफ्नो खुट्टामा जव आफैं उभिने हुनेछु, तव त्यस्ता केटीहरुलाई पनि सहयोग गर्नेछु ।’
गुजरातका गृहमन्त्री प्रदीप सिंह जडेजाले बीबीसीलाई भने कि ‘सोनलको कथा अखवारहरुमा त आएकै थिए तर, उनको खुल्लापत्रमा लेखिएको तीतो सत्यले समाज र व्यवस्थाको अगाडि थुप्रै प्रश्नहरु पनि जन्माएका छन् ।
0 comments:
Post a Comment