नायिकाहरु जो दाजु भाईलाई टिका लगाइदिन रानी पोखरी पुग्छन्

Loading...

काठमाडौं । आफ्ना दाजुभाई र दिदी बहिनी नहुने हर कोहीले काठमाडौँको रानीपोखरीमा टिका लगाउने गर्छन् । ति मध्येमा कैयौँ सर्वसाधारणले वषौँदेखि त्यसरी नै टिका थाप्दै आएका छन् । यो सूचिमा नायिकाहरु पर्छन् ।

नायिका पूजा शर्मा पनि त्यस्ति नायिका हुन् जो भाई टिकाका दिन रानी पोखरी जाने गरेकी छिन् । बाबुआमाको एक्लो सन्तान भएकाले पुल्पुलिएर हुर्केकी बताउने उनी वर्सेनी रानी पोखरीमा गएर भाई टिका लगाउँछिन् ।

त्यस्तै नायिका रजनी केसी पनि परिवारकी एक्ली सन्तान हुन् । उनका पनि आफ्ना दाजुभाई नभए पनि तिहारमा विशेष उत्साहका साथ मनाउने बताउँछिन् । नायिका शिल्पा पोखरेल पनि दाजुभाई नहुने अभिनेतृमा पर्दछिन् ।

बाबुआमाकी जेठी सन्तान शिल्पाकी एक बहिनी छिन् । तर, उनले निर्देशक विकास रौनियारलाई दाई मानेकी छिन् र उनैलाई टिका लगाउँदै आएकी छिन् । त्यसैले उनलाई भाई टिकामा खाली हात बस्नु परेको छैन ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment