जेसिकाले गरिन् साथीको कफीमा साइनाइड हालेर हत्या

Loading...

एजेन्सी । नजिकैको साथी भनेर विश्वास गर्ने तपाईको बानी छ भने अब शर्तक हुने बेला आएको छ । इन्डोनेसियाली जेसिका वोङ्सोले आफ्नो साथीको कफीमा साइनाइड विष हालेर हत्या गरेको अरोपमा इन्डोसियाको अदालतले उनलाई २० वर्षको सजाय सुनाएको छ । यो घटना गत जनवरीमा जकार्ताको क्याफेमा घटेको हो ।

जहाँ मृतक वायान मिरना सालिहिनले जेसिकालाई भेटेकी थिइन् । जेसिकाले मगाएको कफी पिउने बित्तिकै उनको मृत्यु भएको थियो । पछि, पोस्टमार्टम गर्दा उनको शरीरमा साइनाइडको अंश भेटिएको थियो । स्रोतका अनुसार जेसिकालाई ‘कफी किलर’ भन्दै मिडियाले यो मुद्दालाई निकै प्राथमिकतामा दिएको थियो ।

जेसिया र वायान अस्ट्रेलियामा हुँदा भेटेर साथी बनेका थिए । यसैबिच जेसिकाले आफूमाथि लगाइएको यो आरोप गलत रहेको बताउँदै आएकी छिन् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment