जसले आफ्नो दिदीबहिनी भनेर तिहारमा भाइटिका थाप्छन उसैबाट किन लुटिन्छे चेली?,

Loading...

कमल सरगम
हर कार्य र बस्तुको बिकाश संगै बिनाश अनिबार्य रहेको हामीले बुझ्दै आएको छौ र पढेको पनि हौ तर बाध्यताले नासिएका अरुको अस्तित्व माथी आखा गाड्ने हामी नालायक पुरुस अझै अरुलाई दोष दिन छाड्दैनौ ।धेरै नारीले आफ्नो इज्जत फ्याकेकी छिन त्यो पनि आफ्नै दाजु भाइ र आफन्तहरुबाट ।

यो पिडामा हामी कराउन सक्छौ चिच्चाउन सक्छौ तर मालाम लगाउन कहिले सकेनौ ।बिस्वासका दियोहरु निब्दै छन ।दाजुभाईले दिदीबहिनीको माया नबुज्दा पर्ने असर खेप्दै छन हाम्रा पुरुस मित्रहरु ।हत्या /हिँसा/बलात्कार गर्छन अनि आफ्नो अनुहार छोप्न त्यहि नारीको च्यातिएको टालाले आफुलाई चोखो बनाउन खोज्छन ।जव ति नारीले आफ्नो सब पिडा प्रस्तुत गर्छिन अनि कारबाहि गर्न लागि परे जस्तो गर्छन कानुनका केहि हाम्रा महान व्यक्तिहरु ।

बास्तबमा सजाय भने पाएको हुदैन नत चेतना ।जव ति पुरुसलाइ जुन रुपमा कैदी बनाएर झेल खानामा प्रबेस गराइएको हुन्छ पछी पनि उसको रुप कैदीको भन्दा फरक देखिन्न ।
संसारमा सुख/दुख /हासो /रोदनमा आफुलाई संगै लैजाने केहि हाम्रा साथीहरु जसले भने आफुलाई पक्का पुरुस साबिद गरेका हुन्छन ।जसले आफुलाई बुझेका हुदैनन् त्यो बेला उसले गर्ने बास्तबिक ब्यबाहार पशु भन्दा फरक रहदैन ।

पशुलाई पनि थाह हुन्छ कि यी मेरी आमा हुन् ,यी मेरी दिदी हुन् ,यी मेरी भाउजु हुन् तर ति मानबलाइ थाह हुदैन ।नसामा लठ्ठीन्छन अनि आफ्नो असली रुप देखाउछन । हुनत म पुरुस हु तर म आफैलाई पनि कहिलेकाहीँ घृणा लाग्छ हाम्रो समाजका पुरुसहरु देखि ।जव सम्म देशमा केहि हुदैन तब सम्म समाजले कोल्टे फेर्दैन ।आफुलाई चिनाउन खोज्नेले आफ्नो बास्तबिक रुप एक पटक ऐनामा हेर्नु जरुरि छ ।यो नितान्त अरु प्रति भएको दुख सुखको कहानी हो ।


प्रसङ्ग तिहारको ,नेपाली हिन्दुहरुको बिसेष पर्वको रुपमा मानिने तिहारको पाचौ दिन हो भाइटिका ।जुन दिन करोडौ दाजु भाइ दिदीबहिनीको निदारमा सप्तरंगी टिका र मखमली फुल देखिन्छ यही पर्व मनाउने हाम्रा दाजुभाइले कहिल्यै बुझेनन् कि हाम्रा दिदीबहिनीले हाम्रो लागि कति पुकार्छं,हाम्रो लागि आयु मागेका हुन्छन ।तर एति बुज्छन कि मेरो सपना पुरा हुन्छकि हुदैन ,मेरो इच्छा पुरा होला कि नहोला ।बास्तवमा मान्छेले आफुलाई कहिल्यै चिन्दैनन् जब चिन्न थालेका हुन्छन त्यो बेला निकै ढिलो भैसकेको हुन्छ ।एक्काईसौं सद्दाबी ,जहा संचारको बिकाश संगै हर कुराको बिकाश हुदा हुदै पनि दिन दिने हाम्रा चेलीहरु आफ्नै बाट लुटिएको समाचार प्राप्त हुदै आएको छ यसको प्रतिफल हामीमै जाने गर्दछ ।

समाज परिवर्तनमा संचारको जति भूमिका छ त्यति हुन नसक्नु पनि हाम्रा संचारकर्मीहरुको कमजोरी देखिएको छ ।स्थानीय रेडियोहरुले राजधानीको रेडियोहरुको समाचार प्रस्तुत गर्ने र आफुले संचालन गरेको एफएमलाइ ब्यबासायिक तरीकाबाट लाने जसको कारण स्थानीय समाचारहरु र स्थानीय बिकासहरु सधै ओझेलमा पर्छ जसले गर्दा पनि हुनु पर्ने परिवर्तन हुननसकेको हो ।

कानुन भएर पनि प्रयोग हुन नसकेको देश ,राम्रो काममा कानुन लाग्ने देश हुनाले पनि होला अझै अन्धबिस्वास र बलात्कारको घटना दिन प्रतिदिन झन् मौलाइरहेको छ ।यसको निराकरणमा सबै भन्दा पहिलेत आफु सक्षम हुनुस अनि आफ्नो परिवारलाई सक्षम बनाउनुस र समाजलाई ।जसको कारण अहिले घटेको घटनाको समाप्त होस् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment