 |
बिग्रदो जीवनशैली, अस्वस्थकर खाना र बढ्दो तनावका कारण कम उमेरमै कपाल फुल्ने समस्या पनि बढेको देखिन्छ। यी सेतो कपाललाई सेतो हुनुबाट रोक्ने विधि भने नभएको होइन। यहाँ केही खानेकुराको बारेमा चर्चा गरिएको छ जसले कपाल फुल्ने क्रम कम गर्दछ।
नरिवल
नरिवलमा भिटामिन बी कम्प्लेक्स, प्रोटीन र एन्टीअक्सीडेन्ट पर्याप्त पाइन्छ। दिनहुँ काँचो नरिवल वा नरिवलको पानी पिउँनुहोस्। साथै नरिवलको तेल र कागतीको रस मिलाएर कपालमा मसाज गर्न पनि सकिन्छ।
चना
यसमा भरपुर प्रोटीन, भिटामिन बी र क्याल्सियम हुन्छ। खानामा यसको मात्रा बढाउनलाई कपाल कालो अनि बाक्लो आउँछ।
बदाम
यसमा पर्याप्त प्रोटीन र फाइबर पाइन्छ। दैनिक एक मुठ्ठी बदाम खानुस्। साथै यसको तेलले कपाल मालिस गर्न सकिन्छ।
चीज र पनिर
यसमा भरपुर प्रोटीन, भिटामिन बी र क्याल्सियम हुन्छ। चीज र पनिर नियमित सहि मात्रामा खाने गर्नुस्।
मेथी
यसमा आइरन र फाइबर प्रशस्त पाइन्छ। रातभर मेथीलाई पानीमा भिजाउनुस् र बिहान खाली पेटमा यसको पानी पिउनुस् अनि कपाल पनि सोही पानीले पखाल्न सकिन्छ।
माछा
भिटामिन बी १२ को कमीको कारण कपाल छिटै फुल्ने गर्छ। हप्तामा कम्तीमा एक पटक माछा खानाले यसको कमी पुरा गर्न सकिन्छ।
हरियो सागपात
यसमा हुने फोलिक एसिड, आईरन र भिटमिन ए ले कपाल कालो र बलियो बनाउँछ।
अण्डा
यसमा प्रोटीन, भिटामिन बी पाइन्छ। दैनिक खाना संगै एउटा अण्डा खानुस्। साथै कपालमा अण्डा लगाएर आधा घण्टा पछि स्याम्पुले पखाल्न सकिन्छ।
दुध
दैनिक एक गिलास दुध पिउनाले प्रोटीन र क्याल्सियमको कमी पुरा गर्न सिकिन्छ। जसले कपाल कालो, चमकदार र स्वस्थ राख्न मद्धत गर्छ।
दही
यसमा प्रोटीन, क्याल्सियम र भिटामिन बी १२ पाइन्छ। दैनिक दही खाने गर्नुस्। साथै नुन मिसाएर कपालमा मसाज गर्न पनि सकिन्छ।
सूर्यमुखीको बियाँ
यसमा भिटामिन डी, इ र जिन्क पर्याप्त पाइन्छ। यसलाई खान सकिन्छ वा पेस्ट बनाएर कपालमा लगाउन सकिन्छ।
किसमिस, काजु
दैनिक ६ बदाम, १० किसमिस, ७ काजु खाने गर्नुस्। यसमा हुने पौष्टिक तत्वले कपालकोलागि निकै फाइदा पुर्याउँछ।
अमला
यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छ। यसलाई अचारको रुपमा खान सकिन्छ। वा यसको तेलले कपालमा मालिस गर्न सकिन्छ।

0 comments:
Post a Comment