कार्कीको महाअभियोग प्रस्ताव पास गर्न एमालेबाहेक अरुले आँट गरेनन् : अध्यक्ष ओली

Loading...

ललितपुर, १३ कात्तिक । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्ताव पास गर्न एमालेबाहेक अरुले आँट नगरेको बताउनुभएको छ । नेकपा (एमाले) ललितपुरले यहाँ आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले चाडपर्वका समयमा समेत महाअभियोगका विषयमा छलफल नचाहेर पनि गर्न परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्ति नै राजीनामा दिइसकेको भए अहिलेसम्म यो विषयमा छलफल नै गर्नुपर्ने थिएन ।”
एमालेको बहुमत पार्टीका लागि नभएर देशका लागि आवश्यक भएको उहाँले बताउनुभयो । स्थिरता र स्थायित्वका लागि एमालेको नेतृत्व आवश्यक भएको उहाँले बताउनुभयो । कार्यक्रममा पोलिटब्युरो सदस्य रघुजी पन्तले बाबुबाजेले एक पैसा समेत अरुसँग नलिइ निर्माण गरेको सम्पदा पुनःनिर्माणका लागि वैदेशिक सहयोग लिनुपरेको बताउनुभयो । नेकपा(एमाले) केन्द्रीय सदस्य सुशीला नेपालले एमालेसँग मात्रै सही विचार र सिद्धान्त भएको दाबी गर्नुभयो ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment