एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा भव्य रुपमा दिपावली मनाएका छन्।
उनले ह्वाइट हाउस मै एक विशेष कार्यक्रममा दियो बाल्दै दिपावली मनाएका हुन्।
ओबामाको सरकारी आवास ह्वाइट हाउसको आधिकारिक फेसबुक पेजमा अमेरिका लगायत विश्वभर दिपावली मनाईरहेका सबैलाई शुभकामना दिइएको स्टाटस पोष्ट गरिएको हो ।
सोही स्टाटसमा अमेरिकी राष्ट्रपति ओबामाले दियो बालिरहेको तस्वीर पनि पोष्ट गरिएको छ।
यस्तै उक्त शुभकामना स्टाटसमा ओबामाले भनेका छन् कि– दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति बन्न पाएकोमा निकै गर्व लागेको छ।
उनले पत्नी मिसेलका साथ २००९ मा राष्ट्रपति आवासमा दिपावली मनाएका थिए।
0 comments:
Post a Comment