Loading...
|
प्रा.डा.अनिलकुमार झा
नाक, कान तथा घाँटीरोग विशेषज्ञ ,नेपाल मेडिकल कलेज
पाँच ज्ञानेन्द्रियमध्ये एउटा महत्वपूर्ण अंग कानले सुन्ने र शरीरलाई सन्तुलन राख्ने काम गर्छ । कानलाई बाहिरी, मध्य र भित्री गरी तीन भागमा विभाजन गरिएको हुन्छ । यसका यी तीनै भागमा रोग लाग्न सक्छ ।
नाक, कान तथा घाँटीरोग विशेषज्ञ ,नेपाल मेडिकल कलेज
पाँच ज्ञानेन्द्रियमध्ये एउटा महत्वपूर्ण अंग कानले सुन्ने र शरीरलाई सन्तुलन राख्ने काम गर्छ । कानलाई बाहिरी, मध्य र भित्री गरी तीन भागमा विभाजन गरिएको हुन्छ । यसका यी तीनै भागमा रोग लाग्न सक्छ ।
बाहिरी भागमा लाग्ने रोगहरू :
जन्मजात हुने रोगहरू जस्तै– कान नसुन्ने, कान सानो हुने, कान ठूलो हुने ।
कानमा संक्रमण हुने ।
कानको नलीमा कानेगुजी जम्ने ।
कानको नलीमा ढुसी पलाउने ।
कानको नलीमा पिलो आउने ।
कानको नलीमा सानो ढुंगा, चामल, गेडागुडी, इरेजर, कागज, कपासलगायतका सामग्री पस्न सक्छ ।
मध्य र भित्री भागमा लाग्ने रोग :
संक्रमण भएर कान पाक्ने रोग कानको मध्य भागमा लाग्ने प्रमुख रोग हो । कानलाई विभिन्न सूक्ष्म जीवाणुले संक्रमण गरेर कान पाक्न सुरु हुन्छ । कान दुख्नबाट सुरु भएर बिस्तारै कान पाक्न थाल्ने र पछि गएर कानको जालीमा प्वाल पर्ने पनि हुन्छ ।
यो रोग कम विकसित देशहरूमा बढी पाइन्छ । यी देशमा मानिसको रहनसहन र जीवनशैली राम्रो नहुनुका साथै स्वास्थ्य शिक्षामा समेत कमी हुन्छ ।
उपचार :
कानका रोगको प्रकृतिअनुसार उपचार गर्न सकिन्छ ।
साधारण कान पाक्ने अवस्थामै अस्पताल गएर चिकित्सकलाई देखाउनुपर्छ । चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक, दुख्न
कम हुने, एलर्जी, नाकमा हाल्ने थोपा र कानमा हाल्ने थोपा औषधि प्रयोग गर्न सकिन्छ ।
कान दुख्ने तथा जाली फुटेको तर हड्डी खाने रोग नभएको अवस्थामा जाली फेर्ने अप्रेसन गर्न सकिन्छ ।
हड्डी खाने रोग पलाए ठूलै अप्रेसन गर्नुपर्छ ।
कान पाक्ने रोग दुई किसिमको हुन्छ
साधारण किसिमको
कान वेलावेलामा पाक्ने हुन्छ ।
पिप धेरै आउने गर्दछ ।
पिप धेरै गनाउँदैन ।
जालीको बीचमा प्वाल पर्छ ।
जटिल किसिमको
कान सधैँ पाकिरहन्छ ।
पिप थोरै आउने गर्छ ।
पिप गनाउने खालको हुन्छ ।
कानको जाली माथितिर र छेउतिर प्वाल पर्छ ।
कानको हड्डी खाने रोग पलाउँछ ।
कानमा हड्डी खाने रोग पलायो भने धेरै टाउको दुख्ने, बान्ता हुने, आँखा धमिलो हुने, मुख बांगो हुने र दिमागमा संक्रमण हुने खतरा हुन्छ ।
रोग लाग्नबाट बच्ने उपायहरू
नुहाउँदा सधैँ कानमा पानी पस्नबाट बचाउनुपर्छ ।
कानमा कपास हालेर नुहाउन सकिन्छ ।
पौडी खेल्दा कानमा पानी पस्नबाट जोगिनुपर्छ ।
कान पाक्ने रोग भएको मान्छेले पौडी खेल्नु हुँदैन ।
सिन्काले कान कोट्याउने गर्नु हुँदैन ।
कानमा तेल हाल्नु हुँदैन ।
रुघा लाग्नुबाट जोगिनुपर्छ ।
रुघा लाग्यो भने कानभित्र पानी जम्ने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले रुघा लाग्यो भने नाक, कान, घाँटीको डाक्टरलाई देखाएर उपचार गरिहाल्नुपर्छ ।
कानको रोग जन्मजात पनि हुन सक्छ । त्यसैले गर्भवती अवस्थामा महिलाको स्वास्थ्य जाँच गराउनुपर्छ । महिलाले मद्यपान, धुम्रपान गर्नु हुँदैन । गर्भवती अवस्थामा बच्चाको कानलाई असर पु¥याउने औषधि खानु हुँदैन ।
बच्चाको कानको सुनाइ क्षमताको जाँच गराउनुपर्छ ।
ठूलो बच्चालाई प्युर टोन अडिटोरी गराउनुपर्छ ।
सानैमा कानको सुन्ने नसा सुकेको कारणबाट कान नसुनेमा श्रवण यन्त्र लगाउन सकिन्छ ।
जन्मजात नै कान नसुन्ने बच्चालाई अप्रेसन गरी सुन्न सक्ने पनि गराउन सकिन्छ । तर, यो उपचार महँगो हुन्छ ।
0 comments:
Post a Comment