बाँदरको सेल्फीले ल्यायो अचम्मको विवाद, यस्तो छ चर्चित सेल्फी

Loading...
इण्डोनेसियाको एउटा कालो बाँदरले खिचेको आफ्नै सेल्फी तस्वीरको प्रतिलिपि अधिकार सम्बन्धि विवाद उत्कर्षमा पुगेको छ । सुलावेसी द्विपमा ३ वर्ष अगाडि बाँदर आफैले फोटोग्राफरको हातको क्यामरा खोसेर खिचेको आफ्नै सेल्फीको अधिकारको विषयमा विकिपेडिया र फोटोग्राफरबीच द्वन्द चलेको छ ।
विकिपेडियाले उक्त चर्चित तथा विवादास्पद सेल्फीलाई आफ्नो साइटबाट नहटाउने अड्डी कसेको छ । तस्वीर बाँदरले खिचेको हुनाले कुनैपनि फोटोग्राफर मानिसले यसमाथि प्रतिलिपि अधिकारको दाबी गर्न नपाउने तर्क विकिपेडियाको रहेको छ ।

‘यो तस्वीर इन्टरनेटमा सार्वजनिक रुपमा राखिएको छ किनकी यो कुनै गैरमानवको सिर्जना हो । कुनै मानव सर्जकले यसमाथि प्रतिलिपि अधिकारको दाबी गर्न सक्दैन’, विकिपेडियाले लेखेको छ ।
यो तस्वीरको कथा निकै रोचक छ । सन् २०११ मा सुलावेसीको जंगलमा डेभिड स्लेटरले आफ्नो क्यामराले संकटापन्न कालो प्रजातिको बाँदरको तस्वीर खिचिरहेका थिए । त्यसैक्रममा एउटा डाँगो बाँदर आएर उनको क्यामरा खोसेर लग्यो र अन्जानमै क्यामराको बटन दबाउन पुग्दा सयौँ तस्वीर क्लिक भए । ती मध्ये एउटा तस्वीर निकै चर्चित भयो, त्यो तस्वीर अरु कसैको नभएर सोही बाँदरको सेल्फी थियो ।
आफ्नो क्यामराले खिचिएको तस्वीरमा आफ्नो अधिकार हुनुपर्ने दाबी स्लेटरको रहेको छ । सोही दाबी प्रमाणित गर्न उनले विकिपेडियाको मातृ संस्था विकिमिडिया विरुद्ध कानूनी लडाइँ लड्ने विचार गरेका छन् । आफ्नो अनुमति विना विकिपेडियाले उक्त तस्वीर साइटमा राख्दा आफ्नो कमाइमा धक्का लागेको उनको दाबी छ । उनले विकिपेडिया विरुद्ध ३ लाख डलर क्षतिपूर्तिको माग सहित मुद्दा हाल्न लागेको बताइएको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment