Loading...
![]() |
गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गत वर्ष वि.सं २०७२ साल बैशाख १२ गते बिनासकारी भूकम्प गएको करिब डेढ वर्ष भएको छ । जुन भूकम्पमा ९ हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । ७.८ म्याग्निच्युटको त्यो भूकम्पले धेरै भौतिक संरचना ध्वस्त भयो भने त्यही भूकम्पका कारण घरबार बिहिन भएकाहरु अहिले पनि टहरा मै बस्न बाध्य छन् । त्यो बिनासकारी गो।खा भूकम्पले बनाएको घाउ अझै पनि निको भएको छैन अझै पनि धेरै घाउहरुमा खाटो बस्न समेत पाएको र्छन भन्दा पनि फरक पर्दैन । तर एउटा घाउ निको हुन नपाउँदै फेरी त्यो भन्दा ठूलो घाउलाग्न सक्ने गरी त्यो भन्दा ठूलो भूकम्प जान सक्बने तथ्य बैज्ञानिकहरुले फेला पारेका छन् । बिनासकारी गोरखा भूकम्पपछि गरिएको एक अध्ययनपछि नेपालमा त्यो पनि काठमाडौँ मै बैशाख १२ गतेको भन्दा ठूलो भूइँचालो जानसक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन् ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment